सिंचाई अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुँदै

सदरलाइन संवाददाता १० मंसिर २०८१, सोमबार १९:५५
 

दाङ, : लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिए ।

‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिंचाई बढाउन यो परियोजनाले मद्धत गर्ने छ’ प्रवक्ता पन्थिले भने,‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पु¥याउने छ ।’


यो परियोजना लुम्बिनी सहित पाँच वटा प्रदेशमा लागु हुने छ । किसान व्यवस्थित सिँचाई प्रणाली मार्फत कृषिको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायू उत्थानशिलतामा सुधार गर्ने, सिंचाईको आधुनिकीकरण र एकिकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ ।

किसान व्यवस्थित सिंचाई प्रणाली मार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पा स्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नं. १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिंचाई उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१६दिने लैंगिक हिंसाविरुद्धको अभियानमा एमाले निकट अनेमसंघद्वारा दिप प्रज्वलन

१० मंसिर २०८१, सोमबार १९:५५
नेपालगञ्ज :  १६दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्र्तगत एमाले निकट अनेमसंघद्वारा पहिलो दिन लैंगिक हिंसा न्युनिकरणको निम्ती नेपालगञ्जको विपिचोक र सेतुविक चोकमा दिप प्रज्वलन गरिएको छ । अनेमसंघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेले १६दिने लैंगिक हिंसा विरुद्धको अभियानको बारेमा जानकारी दिदै ‘म हिंसा गर्दिन, म हिंसा सहन्न,म हिंसा हुन […]