सुर्खेत : अवसर पाएमा बालिका पनि सक्षम छन भन्ने कर्णलीकी १४ वर्षिया किशोरीले देखाई दिएकी छन् । लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको पहिलो दिन कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रीको रुपमा भूमिका निर्वाह गरेर देखाई दिएकी हुन ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गरेकी उनले सो अवसरमा बालबालिका र किशोरीहरु माथि हुने सबैखालको हिंसाकोअन्त्य हुनुपर्नेमा माग गरिन । मन्त्री बने पछी उनले कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको काम र योजना बारे जानकारी लिएकी थिईन् ।
उनलाई शिक्षा, स्वास्थ्य र सामाजिक विकास महाशाखाका प्रमुखहरुले मन्त्रालयको भए गरेका कामहरु र आगामी योजना बारे जानकारी दिएका थिए । एकदिने मन्त्री बनेकी कामनाले कर्णालीको बालबालिका र किशोरीहरुको स्वास्थ्य, शिक्षा र सशक्तिकरणका लागि थप सुधार र विकासको आफले पहल गर्ने प्रतिबद्धता जनाएकी थिईन ।
उनले गर्लस टेक ओभर अभियान अन्तरगतको नेतृत्व तहमा किशोरीहरु कार्यक्रममा कर्णाली प्रदेशको एकदिने सामाजिक विकास मन्त्री बनेकी हुन ।
कार्यक्रम बारे बोल्दै कर्णाली प्रदेश, सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सबै किशोरकिशोरी र युवाहरु नेपालको भविस्य भएको कारणले यस्ता कार्यक्रमले तिनै किशोरकिशोरी र युवाहरुको सशक्तिकरणसंगै, भविस्य र सम्भावना पनि नेपालमै खोज्नको लागि सकारात्मक संदेश जाने कुरा बताए ।
मन्त्री भण्डारीले लैंगिक हिंसाबिरुद्धको दिवसको सुभारम्भको दिनमा कालिकोट की एक किशोरीले मन्त्रीको जिम्मेवारी बहन गरेर कर्णालीको बाबालिकाको समस्या र मागहरु माथी थप ध्यानाकर्षण गराएकोमा धन्यवाद दिए । साथै यस्तो खालको अभ्यासले कामना र उनी जस्तै किशोरीहरुले भविस्यमा आफु नेतृत्वतहको भुमिकामा जान थप उर्जा दिनेछ भन्दै किशोरी मन्त्री कामनालाई शुभकामना दिएका थिए ।
सो अवसरमा सामाजिक विकास मन्त्रालयका सचिवले आफ्नो सफल जीवन यात्रा बारे अनुभव बाँड्दै किशोरी मन्त्रीलाई बधाई दिदै यस्तो खालको अभियान कर्णालीका बालिका र किशोरीहरुको लागि सुखद कुरा रहेको विचार व्यक्त गर्दै यस्ता अभियानले आत्मविश्वास बढाउने र सशक्तिकरण संगै लैंगिक समानता कायम गर्ने विश्वास व्यक्त गरे ।
एकदिने मन्त्री बनेकी कामना भन्छिन–‘ यस्तो कार्यक्रमले आफ्नो नेतृत्व विकासमा ठुलो भूमिका खेलेको छ । म मन्त्री हुदै गर्दा मलाई छुट्टै खुशी महसुस भैरहेको छ । मन्त्री बनिरहादाका पल मेरा लागि विशेष छन् । यसले मलाई आफ्नो भविस्यमा के बन्ने भन्ने योजनामा मार्गदर्शन भएको छ र मेरो नेतृत्वशिप विकासमा सहयोग पुगेको छ । मैले यो अवसर पाएर गर्व महसुस गरेकी छु ।’
‘गल्र्स टेकओभर अभियान’ बालिका र किशोरीहरुको समानताका लागि एक उत्कृष्ट अवसर हो । जसले बालिका तथा किशोरीहरूलाई निर्णायक भूमिकामा राखि उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतिका बारेमा जानकारी लिन संघ संस्था र निकायहरूलाई अवसर प्रदान गर्दछ । साथसाथै किशोरीहरुलाई पनि निर्णयकर्ता, नेतृत्वमा रहेका व्यक्ति बन्नको लागि मार्गदर्शन प्रदान गर्छ । यसले
बालिका तथा किशोरीहरूका साझा सवालमा निर्णायककर्ता र नेतृत्व तहमा रहेका व्यक्तिहरुको दृष्टिकोण बालबालिका र किशोरी केन्द्रित हुन सहयोग गर्दछ’– प्लान ईन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशन भन्छन ।
‘गल्र्स टेक ओभर जस्ता प्रतिकात्मक अभियानहरूले बालिका र किशोरीहरूको नेतृत्व क्षमता र सहभागितामा जोड दिने विश्वस गरिएको छ । यी अभियानहरूले उनीहरूको सशक्तिकरणलाई प्रोत्साहित गर्दछन् र समाजमा उनीहरूको सकारात्मक योगदानका लागि अवसर सिर्जना गर्छन् । यसको उद्देश्य किशोरी र बालिकालाई नेतृत्व भूमिकामा राखेर, उनीहरूको भविष्यका लागि थप अवसरहरू सिर्जना गर्नु हो, जसले समान अवसरहरूको लागि स्थान प्रदान गर्दछ र समग्र समाजको सुधारमा योगदान पुर्याउछ’– प्लान इन्टरनेशनल नेपाल, पश्चिम क्षेत्रीय कार्यलयका क्षेत्रीय प्रबन्धक मीना पराजुली भन्छिन ।
यो अभियानका लागि साझेदारी
गल्र्स टेक ओभर बालिका र किशोरी अधिकारका लागि क्रियाशिल संस्थाहरू, प्लान इन्टरनेशनल नेपाल, युवा, युवालय, क्याड नेपाल– जुम्ला, पेस नेपाल– जुम्ला , किडार्क कालिकोट, हुरेण्डेक, कालिकोट, सादा नेपाल कालिकोट, स्याक नेपाल सुर्खेत, बी–गु्रप बर्दिया, आरकेजेएस बर्दिया, बाँके यूनेस्को क्लब, जनजाती समाज विकास समिति सिन्धुली, जेडब्लु ए एस नेपाल, सी एफ डब्लु ए, एफ डि आर सी र सपोर्ट नेपाल लगायतका संस्थाहरूको साझा अभियान हो ।
किन गल्स टेक ओभर कार्यक्रम ?
बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियाशिल संस्था प्लान इन्टरनेशनलले बालिका दिवसको अवसरमा विश्वभर नै ‘गर्ल्स टेक ओभर’ अर्थात ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ ।
यो किशोरी सशक्तिकरणको एक नियमित अभियान र पहल हो । नेपालमा बालिका र किशोरी केन्द्रित विभिन्न नागरिक समाजहरूसँगको हातेमालोमा विगत झैं यस वर्ष पनि संघीयदेखि स्थानीयस्तरमा गल्स टेक ओभर अभियानलाई निरन्तरता दिइएको छ । जुम्ला, कालिकोट, सुर्खेत, धनुषा, सिन्धुली, बर्दिया जिल्लामा अक्टुबर र नोभेम्बर महिनामा यस अभियान अन्तर्गत ब्रिटिश राजदुतावास, नोर्वेजियन राजदुतावास, राष्ट्रिय युवा परिषद, फिनल्याण्ड राजदुतावास, यूरोपियन युनियन, जर्मन राजदुतावास, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, जर्मन राजदुतावास, गाउपालिका अध्यक्ष, र नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकार लगायतको भूमिकामा किशोरीहरूले नेतृत्व लिएका छन् ।
गल्र्स टेक ओभरमा देशभरका ५ जिल्लाका ३० जना किशोरीहरूले विभिन्न संघसंस्था र निकायहरूमा विभिन्न पदको अर्थपूर्ण र प्रभावकारी तरिकाले नेतृत्व लिने योजना रहेको छ । पदभार ग्रहण कार्यक्रम २८ अक्टोबरदेखि सुरु भएको हो । जिल्ला, प्रदेश, संघीयस्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीबाट पदीय जिमेवारीमा रहि किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम अर्थपूर्ण र प्रभावकारी तरिकालेर किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वको बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्ने कुरामा छलफल गरिन्छ ।
प्लान इन्टरनेशनल नेपालको बारे
प्लान इन्टरनेशनल नेपाल बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणक लागि क्रियाशील विकास र मानवीय सहायतासम्बन्धी एक अन्तरास्ट्रिय गैर सरकारी संस्था हो । बालबालिकाको शक्ति र सामथ्र्यमा विश्वास गर्दै यस संस्थाले किशोरी र बालिका केन्द्रित भई ८० वर्षदेखि संसार भर कार्यक्रम संचालन गर्दै आएको छ । त्यसै गरि नेपालमा बिगत ४५ वर्षदेखि बाल बालिका र किशोरी का लागि आवाज उठाउदै आएको छ