दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
मुख्यमन्त्री आचार्यले स्व. ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन । विक्रम सवतं २०४६ मा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी भएको मुख्यमन्त्री आचार्यको शोक सन्देशमा उल्लेख छ ।
नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा पूर्वसभामुख स्व.ढुंगानाले पु¥याएको योगदानको मुख्यमन्त्री आचार्यले स्मरण गरेका छन ।
प्रतिनिधि सभाका पूर्व सभामुख ढुङ्गानाको उपचारको क्रममा मंसिर २ गते भएको निधन भएको थियो ।