बाँकेको कोहलपुरमा सहकर्मी समाजको तीन दिने समीक्षा कार्यक्रम सुरु

सदरलाइन संवाददाता ११ कार्तिक २०८१, आईतवार १८:५१
 

कोहलपुर (बाँके) :  टोल विकास संस्थाको सक्रियता बढ्दा समाजमा सुशासन कायम हुने बाँकेको कोहलपुरमा आयाजित कार्यक्रमका सहभागिले औल्याएका छन ।

सहकर्मी समाजले अष्ट्रेलियन एड् र द एशिया फाउण्डेशनको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका सुर्खेत र टिकापुर नगरपालिका कैलालीमा सञ्चालन गरेको स्थानीय सरकार सवलिकरण समीक्षा कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रममा सहकर्मी समाजका हरि उपाध्यायले स्थानीय सुशासन सुधारका लागि टोलविकास संस्था सशक्तिकरण कार्यक्रम सञ्चालन गरिएका यी दुई नगरपालिकामा कार्यरत सामुदायिक कार्यकर्ता र तथ्याङ्क अफिसरसहितको सहभागितामा तीन दिने त्रैमाशिक समिक्षा तथा योजना कार्यशाला आयोजना गरिएको बताए ।


उनले स्थानीय सरकारबाट प्रवाह हुने सेवाको लाभ सबैले सजिलै प्राप्त गर्न सकुन तथा टोल विकास संस्था प्रति जनप्रतिनिधिहरुलाई उत्तरदायी बनाउन सके मात्र पनि सुशासन कामयम हुने भएकोले कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

स्थानीय टोल विकास संस्थाले स्थानीय सरकारलाई खबरदारी गर्ने मात्र नभएर सुशासन कायम गर्नको लागि सहयात्री समेत हुने भएकोले तीन दिनसम्म समुदायमा काम गर्ने सामुदायिक कार्यकर्ताहरुले बितेको ३ महिनामा आफुले गरेको कामको प्रगती र आगामी दिनमा गरिने कामको योजनाको बारेमा बृहद छलफल गरिने आयोजकले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा १६ जना सामुदायिक कार्यकर्ता २ जना तथ्याङ्क अफिसर वीरेन्द्रनगर नगरपालिकाबाट सुर्खेत र १४ जना सामुदायिक कार्यकर्ता २ जना तथ्याङ्क अफिसर टिकापुर नगरपालिका कैलालीबाट सहभागी छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ध्यान दिन मुख्यमन्त्री आचार्यको आग्रह

११ कार्तिक २०८१, आईतवार १८:५१
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदैजानु चिन्ताको बिषय भएको बताउदै नतिजा सुधार गर्र्न निर्देशन दिएका […]