फोहोरमैला व्यवस्थापन कार्यविधि बनाएर कार्यन्वयनमा ल्याउने नगरप्रमुखको प्रतिबद्धता

सुरेन्द्र शाही ७ कार्तिक २०८१, बुधबार १४:०३
 

दैलेख :  दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमु्ख गणेशकुमार शाहीले नगर क्षेत्रमा फोहोरमैला सम्बन्धी तत्काल कार्यविधि बनाई नगरपालिकामा रहेको फोहोर मैलाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन ।

कर्णाली होटल एण्ड लज चामुण्डा विन्द्रासैनी–६ जम्बुकाँधले आयोजना गरेको फोहोर मैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा उनले यस्तो प्रतिवद्धता जनाएका हुन ।

स्थानीय स्तरबाट सामाजिक उत्तरदायित्व अन्र्तगत चामुण्डा विन्द्रासैनी–६ जम्बुकाँध स्थित कर्णाली होटल एण्ड लजले आयोजना गरेको कार्यक्रम बोल्दै नगर प्रमुख शाहीले अब बस्ने कार्यपालिकाको बैठकमा फोहोर मैला व्यवस्थापन कार्यविधि पास गरी कार्यान्वयनमा ल्याउने कुरामा जोड दिए ।


उनले भने–‘कार्यविधि पास गर्नुभन्दा पहिले सम्पुर्ण राजनीति दलहरु, उद्योग वाणिज्य संघ, स्थानीय सरोकारवाला तथा संघ संस्थाको सुझावलाई समावेस गरी कार्यविधि बनाईने छ ।’ उनले पालिका भित्र उत्सर्जन हुने फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्वेवारी सबै  नगरवासीको भएकाले नगरपालिको कार्यमा सवैले सहयोग गर्नुपर्ने कुरामा उनले जोड दिए ।

कार्यक्रममा फोहोर मैला व्यवस्थापन तथा फोहोर जन्य पदार्थबाट वातावरण पर्ने असरबारे दुल्लू नगरपालिका इन्जिनियर सौगात कार्की र सोसेक नेपाल दैलेखको सहयात्रा परियोजना–३ का जलवायु परिवर्तन परियोजना संयोजक सोनिका पौडेलले कार्यपत्र प्रस्तुत गरेकी थिएन ।

कर्णाली होटेल एण्ड लजका संचालक निगमकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम खड्का, नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य वीरबहादुर शाही, नेकपा एमाले चामुण्डा विन्द्रासैनी नगर कमिटी अध्यक्ष रंगबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष निरकबहादुर शाही, नेकपा माओवादी केन्द्रका नगर कावा अध्यक्ष पुर्णबहादुर खड्का नेकपा एमाले चामुण्डाविन्द्रासैनी नगर कमिटी पुर्व अध्यक्ष रविन्द्रबहादुर शाही, जिल्ला खेलकुद विकास समिति दैलेखका सदस्य सचिव भुपेन्द्रबहादृुर शाही, चामुण्डा कलेजका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिल शाही, नेपाल निजामति कर्मचारी संगठन चामुण्डा विन्द्रासैनीका अध्यक्ष खगेन्द्रबहादुर शाहीलगायतको सहभागिता रहेको थियो ।

यसैगरी सो कार्यक्रममा उद्योग वाणिज्य संघ चामुण्डाविन्द्रासैनीका कावा अध्यक्ष शोभाखर शर्मा, जय देव माध्यमिक विद्यालय जम्बुकाँध प्राधानाध्यापक तिलकप्रसाद शर्मा, विन्द्रासैनी माध्यमिक विद्यालय विन्द्रासैनीका प्रानाध्यापक नगेन्द्रप्रसाद चौलागाई नेपाल मजदुर किसान पार्टीका जिल्ला कमिटी सदस्य शान्ती शर्मा, नेकपा एमाले जिल्ला कमिटी दैलेखका पुर्व जिल्ला कमिटी सदस्य दिर्घबहादुर शाही, विन्द्रासैनी युवा क्लवका अध्यक्ष पृथ्वीविक्रम शाही लगायतको स्थानीय व्यापारी, बुद्धिजिवि, प्रहरी तथा सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा मायाकुमारी सिंहले स्वागत गरेकी थिईन भने कार्यक्रम संचालन रेडियो हाम्रो समावेसीका स्टेशन म्यानेजर सुरेन्द्रबहादुर शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थानमा चुनौती

७ कार्तिक २०८१, बुधबार १४:०३
काठमाडौं  :  ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाउदै गर्दा जलवायुमा आएको परिवर्तनका कारण हिँउ चितुवाको बासस्थानमा चुनौती थपिदै गएको छ । हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सो दिवस मनाउने गरिएको हो । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । ‘भविष्यका पुस्ताका […]