मिसन ८४ लक्षित भएर लाग्न महासचिव पोखरेलद्वारा कार्यकर्तालाई निर्देशन

सदरलाइन संवाददाता १ कार्तिक २०८१, बिहीबार १७:४२
 

 

नेपालगञ्ज : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ८४ लाई लक्षित गरी तयारी गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले बिहबार दिउसो एमाले नेपालगञ्ज कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई नेपालगञ्जमा सम्बोधन गर्दै सो निर्देशन दिएका हुन ।

उनले मुलुकको स्थायीत्वका लागि आगामी निर्वाचन एमालेले एक्लै लड्ने गरी तयारी अघि बढाएकोले आम एमाले कार्यकर्ताहरुले त्यसैगरी जुट्नु पर्ने कुरामा जोड दिए ।

उले बर्तमान राजनीतिक अस्थिरताको कारण २७५ सिटको प्रतिनिधि सभामा ३२ सिटको माओवादीले म्याजिक नंम्बर भन्दै साशन गर्दा मुलुकमा अन्यौल र अस्थिता मौलाउने अवस्था आएकोले एमाले र नेपाली काँग्रेस मिलेर सरकार निर्माण गर्दा साना राजनीतिक दलमा उथलपुथल भएको दाबी गरे ।


उनले सरकार बनाउन मात्र एमाले काँग्रेस मिलेको नभई संविधान र व्यवस्थालाई समायानुकुल परिमाजर्न र परिवर्तन गर्नको लागि आफुहरु मिलेको स्पष्ट पारे । जनाताको रोजाईको पहिलो पार्टी भएपनि संख्यात्मक रुपमामा कमजोर भएकोले मिसन ८४मा सबैभन्दा बलियो पार्टीको रुपमा एमालेलाई स्थापित गर्ने अभिभारा आईपरेकोले सो अभिभारा पुरा गर्न सबै कार्यकर्तालाई जुट्न निर्देशन समेत दिए ।

एमाले नेपालगञ्ज नगर कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष दिग्विजय ढुंगाना र सञ्चालन सचिव भिम कंडेलले गरेको कार्यक्रममा एमाले बाँके ईन्चार्ज शान्ति ढकाल, अध्यक्ष निरक गुरुङ्गले आ–आफ्नो भनाई राखेका थिए ।

कोहलपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विषयलाई लिएर भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् । उनले व्यवसायी मीनबहादुर गुरूङबाट एमालेले पार्टी कार्यालय बनाउन जग्गा सहयोग लिएको विषय सामान्य विषय भएको बताए ।

गुरुङले दान गर्नुभएको जग्गा एमालेले स्वीकार गरेको उनले स्पष्ट पार्दै भने–‘उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो, हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ ।’
मीनबहादुर गुरुङ सँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उनले स्पष्ट पारे । महासचिव पोखरेलले गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए । एमालेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ ।

उनले नेपाली कांग्रेले पनि मैयाँदेवी श्रेष्ठले दिएको जग्गामा घर बनाएको स्मरण गराए । त्यस्तै राप्रपाका घर पनि दाताले दिएका भए पनि त्यसको कुनै चर्चा हुने नगरेको उनले बताए । उनले पार्टी समाजको संस्था भएकोले पार्टीलाई समाजभन्दा बाहिर राख्न नहुने बताए । राज्यले दान लिन मिल्दा पार्टीले पनि दान लिन मिल्ने उनको जिकिर छ । ‘पार्टी प्रति आस्था र विश्वास रहेका र कमाएकाले पार्टीलाई दिने हो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन जित्नु मात्र होइन, व्यवसायीको आवश्यकता बुझ्नु हो : अध्यक्षका प्रत्यासी भट्टराई

१ कार्तिक २०८१, बिहीबार १७:४२
कोहलपुर (बाँके) : आगामी कात्तिक ३ गते सम्पन्न हुने कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्षका प्रत्यासी तथा होटल पप लाईफका संञ्चालक प्रदिप भट्टराईले निर्वाचन जित्नु मात्र उपलब्धी नभएर व्यवसायीहरूको वास्तविक चासो र आवश्यकता बुझ्नु आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । संघको निर्वाचनमा लोकतान्त्रिक व्यवसायी समुह तर्फका अध्यक्ष पदका उम्मेदवार भट्टराईले […]