नेपालगञ्ज उपमहानगर वडानं. १ ले सार्वजनिक गर्यो ११ उत्कृष्ठ काम

सदरलाइन संवाददाता २२ आश्विन २०८१, मंगलवार १४:४७
 

नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडानं. १ ले वडाको बृहत्तर विकासका लागि वडा कार्यालयले गरेको विकास निर्माणको बारेमा भएका विभिन्न ११ वटा काम सार्वजनिक गरेको छ ।

वडा अध्यक्ष प्रमोद रिजालले दिएको जानकारी अनुसार वडा कार्यालयलाई संघिय सरकार, प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालय समेतको बजेट र योजना अन्तर्गत वडाबासिहरुको आत्मिय सहयोग मार्फत सम्पन्न भएका वा सम्पन्न हुने क्रममा रहेको योजनाहरु सार्वजनिक गरिएको हो ।

उनले वडामा रहेको सबै श्रम गर्ने विविध क्षेत्रका मजदुरहरुको निशुल्क बिमा वडाले गरिदिएको जानकारी दिए । वडाबासीको मृत्यु संस्कारका लागि आवश्यक दाउराको वडाबाटै उपलब्धता गराउदै आएको बताए ।

वडा अध्यक्ष रिजालले वडाको सबै घरधुरीलाई डिजिटल नंवरिङ्ग गरिएको, योगाभवन निर्माण गरि रहेको साथै विकासमा पारदर्शिता र हातेमालो गर्नको लागि वडामा १५वटा टोलस्तरिय समिति निर्माण गरिएको सबै टोलबाट प्रतिनिधितव हुने गरी एउटा टोलस्तरिय समन्वय समिति गठन गरिएको बताए ।

उनले वडामा उत्पन्न भएको फोहोर संकलन तथा ब्यवस्थापनका लागि पहल गरिएको, हरियाली तथा पर्यावरण क्षेत्रको विकाशका लागि रुख बिरुवा तथा फुलहरु लगाउने र संरक्षण गर्ने कार्य गर्दै आएको बताए ।


यसैगरी भौतिक संरचनातर्फ सेवा सहजताका निम्ति वडा तथा स्वास्थ्य कार्यालयको भवननिर्माण र खेलकुद क्षेत्रको विकाशको निम्ति एन्फा स्पोर्टस् एकेडेमी, धम्बोझि ब्याडमिन्टन प्रशिक्षण केन्द्र, साइकल पम्प ट्रयाक निर्माण गरि संचालनमा ल्याईएको छ ।

वडा अध्यक्ष रिजालले वडामा हुदै आएका विकास निर्माण लगायतका विषयमा आर्थिक पारदर्शिता तथा शुसासनतर्फ नियमित सार्वजनिक परिक्षण तथा सार्वजनिक सुनवाई कार्यक्रम । आर्थिक पत्रकारिता समुह नेपाल र अमेरिकी दूताबासले नगद पुरुस्कार सहित सम्मान प्रदान गरेको जानकारी दिए ।

आन्तरिक पर्यटन बिकासका निम्ति वाटरपार्कमा मोटरबोट संचालन र शैक्षिक क्षेत्रतर्फ गरिएको प्रयासले धम्बोझ मावि सामुदायिक बिद्यालयहरुमा देशकै उत्कृष्ट नवौं स्थानमा पर्न सफल भएको जानकारी दिए ।

स्वास्थ्य क्षेत्रतर्फ कोरोना महामारीमा देशको एकमात्र त्यस्तो वडा जसले, वडावासिहरुलाई डाक्टरसहितको बिज्ञ टोलि परिचालन गरि घरसेवा प्रदान गरि नागरिकको जीवन रक्षा गरेको, पुराना ऐतिहासिक मठ मन्दिरको जिर्णोद्धार तथा सौन्दर्यकरण । पुराना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिको सम्मान तथा नयांलाई प्रोत्साहनका साथै निशुल्क खेलाडि उत्पादन अभियान संचालन गरेको जानकारी दिए ।

कालोपत्रे सडक, तथा पिसिसि बाटो र खानेपानी तथा विजुलमा नागरिकको पहुाच बृद्धि गर्नको लागि पहल गरिएको लगायतको कार्य सम्पन्न भएको वडा अध्यक्ष रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर उद्योग बाणिज्य संघमा यी हुन लोकतान्त्रिक समावेशी व्यवसायी समूहका उम्मेदवार

२२ आश्विन २०८१, मंगलवार १४:४७
कोहलपुर  :  कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि आगामी कत्तिक ३ गते हुने निर्वाचनको माहोल यतिबेला तातिएको अवस्था छ । संघमा एक हाजार ६ सय ७९ मतदाता रहेका छन् । स्थानीय व्यवसायीहरूमा निर्वाचनको प्रति चासो र सहभागिता बढ्दै गएको छ । यस पटकको चुनावमा विशेषगरी लोकतान्त्रिक समावेशी व्यवसायी समूह […]