कोहलपुरमा सडक दुर्घटना सम्बन्धी कृतिम घटनामा आधारित अभ्यास सम्पन्न

सदरलाइन संवाददाता १८ आश्विन २०८१, शुक्रबार १५:०७
 

कोहलपुर (बाँके) :  बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सडक दुर्घटना सम्बन्धी कृतिम घटनामा आधारित विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण हेडक्वाटर बागेश्वरी र सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगञ्ज तथा जिल्ला र स्थानीय विपद व्यवस्थापन समिति लगायतका सरोकार वाला निकायसंगको सहकार्यमा सो कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला विपद व्यवस्थापन समिति बाँकेका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेमा दैनिक २–३ वटा सडक दुर्घटनाका घटना हुने गरेको अवस्थामा यसता अभ्यासले दुर्घटना न्यूनिकरण गर्नको लागि अमह भूमिका हुने बताए ।

उनले यस कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण हेडक्वाटर बागेश्वरी र सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगञ्जमा रहेको लुम्विनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिमलाई विषेश धन्यबाद दिए ।
चाड पर्वको बेलामा सडक सुरिक्षत बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं ४२ रिजर्भ गण हडक्वाटर शमशेरगंज बाँकेमा रहेको लुम्विनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिमबाट खटिएको टोलिएले सो कृतिम दुर्घटना उद्दार कार्य सञ्चालन गरेको थियो ।


कार्यक्रममा नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले हरेक दिन सडक दुर्घटना बढ्दो क्रममा रहेको बताउदै यस्ता अभ्यासले सडक दुर्घटना न्यनिकरण हुने विश्वास व्यक्त गरे । उनले सबैले सडक नियम पालना गर्न सके दुर्घटना आफै टरेर जानेकुरामा जोड दिए ।

कोहलपुरमा बस र म्याजिक भ्यान दुर्घटनामा परेको काल्पनिक घटनाको उद्दारकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं ४२ रिजर्भ गण हेड क्वाटर शमशेरगंज बाँकेमा रहेको लुम्विनी प्रदेश स्तरीय विपद् व्यवस्थापन टिम, नेपाल प्रहरी, जिल्ला ट्राफिक कार्यालय बाँके लगायत विपदसम्बन्धित सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोहलपुर नगरप्रमुख उपप्रमुख, स्थानीय नागरिक अगुवालगायतको सहभागिता रहेको थियो । आयोजक सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले सफलतापूर्वक कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैँको दोस्रो दिन, ब्रह्मचारिणीदेवीको पूजा गरि मनाईदै

१८ आश्विन २०८१, शुक्रबार १५:०७
नेपालगञ्ज : बडा दशैँको दोस्रो दिन शुक्रबार देशभरका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरि मनाईदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन […]