९९ ग्राम ब्राउन सुगरसहित दुईजना कारोबारी प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता १६ आश्विन २०८१, बुधबार १९:१०
 

नेपालगञ्ज  : बाँके प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरको कारोबार गर्ने एक भारतीय नागरि सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ९९ ग्राम लागू औषध ब्राउन सुगर र तौल गर्न आवश्यक उपकरण सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले लागु औषध नियन्त्रण व्यूरो नेपालगञ्ज, लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले सो परिमाणको ब्राउन सुगर बरमद गरेको बताए ।


उनले सुराकीले दिएको सूचनाको आधारमा नेपालगञ्ंज उप–महानगरपालिका वडानं.२० राँझामा लालचन्द्र कामीको कोठामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाईन्टको दायाँ खल्तीबाट प्लाष्टिकको दुई पोका लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको जानकारी दिए ।

बाँके प्रहरी प्रमुख कार्कीले शुक्लाको साथबाट बरामद लागू औषध प्लाष्टिक सहित तौल गर्दा १०२ (एकसय दुई ग्राम) र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ९९ (उनान्सय) ग्राम, सोही कोठाको खाटमा लागु औषध व्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान–१, सहित बर्दिया घर भई सो डेरामा बस्ने कामी र शुक्लालाई नियन्त्रणमा लिई अनुसंधान अघि बढाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षमा विपद् जन्य घटनामा राहतका लागि ४० लाख निकासा

१६ आश्विन २०८१, बुधबार १९:१०
दाङ  :  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढेदुई महिनामा विपद् जन्य घटनामा राहत र पुर्नस्थापना शिर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद् जन्य घटनाका पीडितहरुलाई चुस्तरुपमा राहत वितरण गर्दै आएको छ । प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले […]