दैलेख फलोअप : वडा कार्यालयमा गएनन् कर्मचारी, खोप लगाउन हटाएका कर्मचारी परिचालन

सुरेन्द्र शाही १६ आश्विन २०८१, बुधबार ११:५६
 

दैलेख :  दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडानं. १,६ र ७ का वडा कार्यालय अझै सचिव विहिन बनेका छन । नगरपालिकाको असोज ३ गतेको कार्यापालिकको वैठकले करार कर्मचारी हटाएपछि वडा कार्यालय सचिव विहिन बनेका हुन ।

पालिकाले सचिव जिम्मेवारी दिएर केही कर्मचारी पठाउन खोजे पनि कर्मचारीले पत्र बुझेका छैनन भने अरु कर्मचारी पठाउन सकेको छैन । वडा नं. १ सचिवको जिम्मेवारी वडा नं. २ को सचिव गोविन्द सुवेदीलाई तोकिएको छ ।

त्यसैगरि वडा नं. ६ को जिम्मेवारी वडा नंं ८ का वडा सचिव ललि शाही दिइएको छ भने वडा नं. ७ को वडा सचिवको जिम्मेवारी वडा नं. ९ का वडा सचिव नेत्रबहादुर खड्कालाई थप जिम्मेवारी दिइएको छ ।

वडा कार्यालयबाट दिने सेवा सुविधालाई अर्को वडामा गएर लिनु पर्दा दुःख भएको सेवाग्राहीले बताएका छन ।

कर्मचारी नहुँदा खोप कार्यक्रम प्रभावित

नगरपालिकाका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रबाट लगाइने नियमित खोप कार्यक्रम प्रभावित भएको छ । खोपका लागि आवश्यक जनशक्तिको अभाव भएपछि भने करार सेवाबाट हटाइएका कर्मचारीलाई तीनदिनको सहयोग मागि खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख मान कुमारी शाहीले जानकारी दिईन ।


पालिकाको नियमित खोप १६ गते भएकाले आज सवै स्वास्थ्य संस्थामा खोप पठाई सकिएको उनले जानकारी दिएकी छन । कर्मचारी स्वस्थापन नभएकाले आफुले सेवाबाट हटाइएका कर्मचारीलाई एक पटकका लागि खोप लगाईदिन अनुरोध गरि खोप पठाएको उनले जानकारी दिइन ।

एक स्वास्थ्य कर्मचारीले भनिन्–‘यतिका वर्ष जागिर खाइयो अहिले जागिर नभए पनि स्वास्थ्य शाखाबाट सहयोग मागेकाले खोप बालबालिकाको अधिकार भएकाले आफु खोप लगाउन तयार भएको हुम ।’

करार कर्मचारी हटाएपछि नगरक्षेत्र भित्र रहेका आधारभुत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्र असोज ४ गतेबाट बन्द रहेका छन् । स्वास्थ्य संस्था बन्द रहदा विरामीले दुःख पाई रहेका छन ।

यसै बिच नगरसभामा प्रतिनिधित्व गर्ने नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट निर्वाचित जन प्रतिनिधीले आइतबार बिरोध स्वरुप कोण सभा गरेपनि सो विरोध सभाले मूर्त रुपमा लिन सकेको छैन ।

कोण सभामा वक्ताहरुले विशेष नगरसभाको माग गरे पनि मंगलबार कार्यालय समयसम्म विशेष नगरसभाको निवेदन दर्ता भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

९९ ग्राम ब्राउन सुगरसहित दुईजना कारोबारी प्रहरी नियन्त्रणमा

१६ आश्विन २०८१, बुधबार ११:५६
नेपालगञ्ज  : बाँके प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरको कारोबार गर्ने एक भारतीय नागरि सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । प्रहरीले उनीहरुको साथबाट ९९ ग्राम लागू औषध ब्राउन सुगर र तौल गर्न आवश्यक उपकरण सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका […]