प्रदेश राजधानीमा पूर्वाधार निर्माणको एकीकृत मापदण्ड लागु गरिनुपर्छ : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १४ आश्विन २०८१, सोमबार १८:१६
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको राजधानी पूर्वाधार निर्माणमा एकीकृत मापदण्ड लागू गरिने बताएका छन् । नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताएका हुन ।

राप्ती उपत्यका देउखुरीको वस्ती विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धी एकिकृत मापदण्ड २०८१ छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भविस्यलाई आधार मानेर नमुना राजधानी शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गर्न सबैको साथ, सहयोग चाहिने बताएका हुन ।

‘हामीले राजधानी शहरलाई सबै हिसाबले सुरक्षित शहर बनाउने योजना छ’–उनले भने–‘शहर निर्माण गर्न चाहने स्रोत साधन र बजेटको खोजिमा सरकार लागि परेको छ ।’

अहिलेसम्म देखिएका शहर अव्यवस्थित हुदा विपदका घटना बढ्ने र क्षति बढि हुने अवस्था छ । अब बन्ने शहरहरु भुकम्प, बाढि, पहिरो लगायतका विपदबाट सुरक्षित हुनेगरी मापदण्ड निर्माण गरिने स्पष्ट पारे । शहर निर्माणसंग जोडिएका मापदण्डको पूर्ण कार्यान्वयन गरेर अघि बढ्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।

‘मापदण्ड पालना जरुरी छ । अस्तव्यस्त शहर चाहिएको होइन’–उनले भने–‘अस्तव्यस्त शहर हुदा कस्तो अवस्था आउँछ भन्ने उदाहरण बताइरहनु नपर्ला । तसर्थ शहर निर्माण संग जोडिएका योजनालाइ एकीकृत मापदण्ड बनाएर लागू गर्नुपर्छ ।’

शहर भित्रको सडक, खुला क्षेत्र, हरियाली प्रबर्द्धन लगायत अन्य हिसाबले स्मार्ट बनाउनेगरि मापदण्डलाई एकसकृत बनाउन थालिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए ।


‘बनेका पूर्वाधारलाई सुरक्षित बनाउने अनि नयाँ बन्नेलाई मापदण्ड अनुसार अघि बढाउने योजना हो’–उनले भने–‘घरको मापदण्ड, दण्डिको मापदण्ड पनि तोक्नेगरी अघि बढ्दै छौं ।’

मापदण्ड बनाउने, डिजाइन पालना गर्ने र निर्माणमा संलग्नहरुको क्षमता अभिवृद्धि गर्नेगरि कार्यक्रम अघि बढाउन थालिएको छ । हाल प्रदेश प्रशासनिक परिसर क्षेत्र भित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित १० वटा मन्त्रालयको भवन निर्माणको काम यसै बर्ष सम्पन्न हुने अवस्थामा पुगेको छ भने राजधानी शहर निर्माण गर्न जग्गा विकास कार्यक्रम पनि अघि बढेको छ ।

प्रदेश सरकारले पाँच बर्षको लागि चाहिने २५ अर्ब बजेटको स्रोतकोे खोजि गर्न विभिन्न दातृ निकायहरु संग छलफल गरिरहेको छ । २० बर्ष भित्र एक खर्ब बजेटको लागतमा राजधानी शहर निर्माण गर्न सकिने प्रस्तावना तयार पारिएको छ ।

इञ्जिनियर र प्राविधिकसंग छलफल

प्रदेश पूर्वाधार विकास प्राधिकरणले राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकिकृत मापदण्ड २०८१ छलफल गरेको छ ।

स्थानीय तहका प्रमुख, उपप्रमुख सहित प्राविधिक तथा इञ्जिनियरहरु संग छलफल अघि बढाएको हो । सोमवार र मंगलबार दुई दिन छलफल गरेर एकीकृत मापदण्डलाई अघि बढाइने जनाइएको छ ।

शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए । कार्यक्रममा राप्ती गाउँपालिका, शितगंगा नगरपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिकाका प्रतिनिहरुको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एककिलो चरेशसहित नेपाली महिला भारतमा पक्राउ

१४ आश्विन २०८१, सोमबार १८:१६
नेपालगञ्ज  : प्रतिबन्धित लागुपदार्थ चरेश बोकेर भारत प्रवेश गर्दै गरेकी नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । भारत रुपईडिहाका थाना ईञ्चार्ज शमशेर बहादुर सिँह र रुपईडिहास्थित एसएसबीको ४२औं वाहिनीका जवानले संयुक्त जाँच गर्दा बाग्लुङ निसी वडानं. ७ बस्ने ३२ वर्षीया जीवनकुमारी घर्तीका साथबाट एक किलो चरेश बरामद […]

सम्बन्धित