लुम्बिनी प्रदेशमा तीन दिनमा विपद्का २९ घटना

सदरलाइन संवाददाता १३ आश्विन २०८१, आईतवार १६:२७
 

दाङ :  लुम्बिनी प्रदेशमा पछिल्लो तीन दिनमा विपद्का २९ वटा घटना घटेको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले दिएको जानकारी अनुसार प्रदेशमा पहिरो, अधिक बर्षा, डुबान लगायतका २९ वटा घटना घटेका छन् । असोज ११ गतेदेखी १३ गतेसम्म एक जनाको मृत्यु भएको छ ।

बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने घाइते ३ जना भएका छन् । गुल्मीमा दुई जना, बाँकेमा एक जना घाइते भएको र नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरोमा परेर १७ वटा घर पूर्णरुपमा क्षती भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षती भएको छ । एउटा सरकारी भवन पूर्ण क्षती भएको छ भने ३ वटा भवनमा आंशिक क्षती भएको छ । घरहरुमा क्षती हुदा ९० लाख ९० हजार क्षती भएको प्रारम्भिक विवरण संकलन भएको छ ।


यसका साथै बाढी र पहिरो प्रभावित एक सय ९ जना भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको हो ।

बाढी, पहिरोबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको र पुर्नस्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरुलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गरेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक विचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो । प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशै तथा चाडपर्वका लागि आजबाट सफा र सुकिलो नोट साट्न पाइने

१३ आश्विन २०८१, आईतवार १६:२७
नेपालगञ्ज  : नेपाल राष्ट्र बैंकले बडादसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । यसअघि नयाँ नोट बितरण हुने गरेको थियो । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका […]