आगामी दुईवर्षमा सुरक्षण मुद्रण केन्द्र पुर्न रुपमा सञ्चलानमा ल्याइने : सञ्चारमन्त्री गुरुङ

सदरलाइन संवाददाता ९ आश्विन २०८१, बुधबार १९:२६
 

काभ्रे  : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५मा रहेको सुरक्षण मुद्रण केन्द्र आगामी दुईवर्षमा सुरक्षण मुद्रण केन्द्र पुर्न रुपमा सञ्चलानमा ल्याइने बताएका छन् ।

बुधबार सो केन्द्रको अवालोकन गर्दै आगामी दुई वर्ष पुर्णरुपमा सञ्चलानमा ल्याइने बताएका हुन । अवलोकनको क्रममा मन्त्री गुरुङले आगमी वर्षमा अर्थ मन्त्रालयसँग समन्वय गरेर आवश्यक बजेट व्यवस्थापन गर्ने बताए ।

उनले अहिले सुरक्षण मुद्रण केन्द्र जिर्ण अवस्थामा रहेको र समस्या नै धेरै रहेको स्पष्ट पार्दै भने–‘यहाँ पूर्वाधारको धेरै विकास गर्नुपर्ने देखिएको छ । यसको व्यवस्थापनको लागि आवश्यक श्रोत तथा जनशक्ति व्यवस्थापन गर्न सरकार प्रतिबद्ध छ ।’


उनले यस मुद्रण केन्द्रबाट नेपाल सरकारलाई आवश्यक पर्ने सरकारी छपाई सम्बन्धी सम्पूर्ण कामहरु यहीँ गर्नुपर्नेमा जोड दिए । उनले यहाँबाट हुलाक टिकट, अन्त शुल्क स्टिकर, राष्ट्रिय परिचय पत्र लगायत कागजातहरु छपाईको व्यवस्थापन गरिने बताए । अवलोकन गर्न सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल, सह–सचिव गजेन्द्र कुमार ठाकुर लगायत केन्द्र पुगेका थिए । हाल उक्त केन्द्रमा कार्यालय रेखदेख गर्ने एक जना कर्मचारी मात्रै रहेका छन् ।

केन्द्र सञ्चालनमा आएपछि सुरक्षित मुद्रणबापत नेपालबाट वार्षिक रुपमा बाहिरिने १० अर्ब जोगिन अपेक्षा गरिएको छ । केन्द्रका लागि दुई सय प्राविधिक सहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूचनाको हक पूर्ण कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

९ आश्विन २०८१, बुधबार १९:२६
लमही (दाङ) :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै सोे कुरा बताएका हुन । मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब […]

सम्बन्धित