लुम्बिनी सरकारको लगानी खोजेर राजधानी शहर बनाउने योजना

सदरलाइन संवाददाता ७ आश्विन २०८१, सोमबार १८:०९
 

देउखुरी (दाङ्) :  लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी शहर निर्माण बारे हालसम्म भएका प्रगती र भावि योजनाको बारेमा सरोकारवाला पक्षसंग सोमवार छलफल गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरुको बिशेष उपस्थितीमा राजधानी शहर निर्माण बारे हालसम्म भएका प्रगती र भावी योजनाको बारेमा छलफल चलाएका हुन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा आयोजना गरिएको छलफलमा राजधानी क्षेत्रका स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी लगायत सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो । उनीहरुसंग राजधानी शहर निर्माण बारे छलफल र सुझाव संकलन गरिएको थियो । जग्गा एकिकरणको कामले गति लिनुपर्ने, सरकारले लिएको लक्ष्य अनुसार छिटो शहर निर्माणको काम अघि बढाउन सरोकारवाला पक्षले ध्यानाकर्षण गराएका छन् ।

लगानीको खोजी


लुम्बिनी प्रदेश सरकारले राजधानी शहर निर्माण गर्न लगानीको खोजी सुरु गरेको छ । एक खर्बको लागतमा २० बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित प्रदेश सरकारले नदी सभ्यतामा आधारित नमुना शहर निर्माणको लागी लगानीको खोजी सुरु गरेको हो ।

पहिलो चरणमा २५ अर्ब बजेटको स्रोत सुनिश्चित गर्न सरकारले पहल थालेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । राजधानी शहर निर्माणका लागि चाहिने स्रोतको खोजी भइरहेको, ऋण लिएर भएपनि जग्गा एकिकरण, शहर निर्माणको कामलाई तिब्रता दिने योजनामा प्रदेश सरकार रहेको मुख्यमन्त्री आचार्यले बताए ।

‘मुख्य गरी स्थानीय नागरिकहरुको, राजनीतिक दलहरुको, स्थानीय जनप्रतिधिहरुको सामुहिक प्रतिबद्धता आवश्यक छ । उहाँहरुको प्रतिबद्धता प्राप्त भएकै दिनबाट सरकारले ऋण प्राप्तीको प्रक्रिया थाल्छ’–मुख्यमन्त्री आचार्यले भने–‘प्रदेश सरकारको बजेटले राजधानी शहर निर्माण धान्न सक्दैन, संघ सरकारको बजेट पनि अपुग हुन्छ । यसका लागि दातृ निकायहरुको साथ र वैदेशिक ऋणको खोजी गर्दैछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजनीतिक नेतृत्वविरुद्ध भइरहेका आक्रोश स्वभाविक : सभापति देउवा

७ आश्विन २०८१, सोमबार १८:०९
बारा : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीति नेतृत्व विरुद्ध भईरहेको आक्रोश स्वभाविक भएको बताएका छन् । पर्साको वीरगञ्जमा आयोजित कार्यक्रम जाने क्रममा बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले आक्रोश भईरहन्छ भनेर प्रतिक्रिया दिएका हुन । सहकारी ठगी विरुद्धको कारबाही रोकिएको हो भन्ने प्रश्नमा आफुलाई त्यसबारे […]