अव्यवस्थित र समस्याग्रस्त राजधानी शहर चाहिएको छैनः संस्थापक मुख्यमन्त्री पोख्रेल

सदरलाइन संवाददाता ७ आश्विन २०८१, सोमबार १७:५८
 

देउखुरी (दाङ्) : लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोख्रेलले प्रदेश राजधानी व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी सरकारको मात्रै नभएर राजधानी क्षेत्रका स्थानीय बासिन्दाहरुको रहनुपर्ने बताएका छन् ।

‘राजधानी व्यवस्थित गर्ने जिम्मेवारी राजधानी बासिको पनि हो । भविस्यका पुस्तालाई सुविधायुक्त जीवन र सुविधा सम्पन्न शहर सुम्पिने दायित्व सबैको रहन्छ’–संस्थापक मुख्यमन्त्री पोख्रेलले भने–‘कसैले त्याग नगर्दासम्म राम्रो शहर बन्न सक्दैन । होइन भने जे बनाउन खोजेका छौं त्यो बन्दैन । भर्जिनल्याण्डमा आउनुको कारण आधुनिक शहर निर्माणको उद्देश्य हो । सुरुमा गरिएको राजनीतिक प्रतिबद्धता हामी सबैले स्मरण गरौं ।’

राजधानी शहर निर्माणका लागि निर्माण भएको गुरुयोजनाको कार्यान्वयनबाट नै भविस्यको सुविधा सम्पन्न शहर बनाउन सकिने भनाई उनको छ ।

‘भबिस्य बिग्रेको जिम्मा तपाईहरुले ईतिहास भरि भोग्नुपर्छ । अव्यवस्थित र समस्याग्रस्त राजधानी शहर चाहिएको छैन । शहर निर्माण बारे अव हामीले दृष्टिकोणमा बदल्न जरुरी छ’–उनले भने–‘सुनौलो अवसर नगुमाऔं । प्रदेश सरकारले अघि बढाएका योजनामा साथ दिनुस । यसमा तपाईहरुको प्रतिबद्धता चाहिन्छ ।’

उनले छलफलको क्रममा राजधानी क्षेत्रमा जग्गा कित्ताकाट नखुल्दा समस्या परेको, तत्काल खोल्न माग राखिएको थियो । तर, तत्काल समस्या देखाएर भविस्य विगार्न नहुने, यसमा नागरिक तहमा सकारात्मक दृष्टिकोण निर्माणका लागी राजनीतिक तहबाट पहल लिन आग्रह गरे ।


‘राजधानी शहर निर्माण गर्दा स्थानीय जनताको साथ सहयोग आवश्यक छ । ऋण लिएर राजधानी निर्माण गर्न केही समय दुःख गर्न तयार हौं । राजधानीका कारण स्थानीय जनताको जीवनस्तर बढ्छ । आम्दानी बढ्छ’–उनले भने–‘यहि दृष्टिकोणबाट अघि बढ्दा हामीले सुन्दर राजधानी बनाउन सक्छौं । होइन भने कुरुप, अव्यवस्थीत शहर बन्छ । हामीले के रोज्ने अव्यवस्थित राजधानी शहर कि व्यवस्थित नमुना शहर ।’

एमाले महासचिव समेत रहेका संस्थपक मुख्यमन्त्री पोखरेलले राजधानी शहर निर्माण बारे स्थानीय जनप्रतिनिधिको दृष्टिकोणमा परिवर्तन आउनुपर्ने, राजधानी शहर बनाउन अवरोध हुन नहुने र व्यवस्थित राजधानी शहर निर्माण गर्न अठोट चाहिने बताए ।

सो अवसरमा प्रदेश सभा सदस्य इन्द्रजीत थारुले राजधानी शहर निर्माण बारे राजनीतिक दलहरुले समेत छलफलको एजेण्डा बनाउनुपर्ने बताए ।

१४ प्लट निर्माण

यता प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार जग्गा एकिकरणको काम अघि बढेको छ । एक हजार विगाह जग्गालाई १४ वटा प्याकेजमा बाँडेर नमुना प्लट निर्माणको काम अघि बढेको प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए ।

जग्गा एकिकरणको कामलाई तिब्रता दिन, पूर्वाधार निर्माण गर्न स्रोतको अभाव रहेको उनले बताए । छलफलमा सहभागी राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष सुरज खड्का, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सदस्य शंकर गौतम लगायतले गुरुयोजनाको कार्यान्वनयमा ढिलाई भइरहेको, जग्गा कित्ताकाट नखुल्दा दैनिक कामकाज प्रभावित भएको जस्ता गुनासाहरु सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी सरकारको लगानी खोजेर राजधानी शहर बनाउने योजना

७ आश्विन २०८१, सोमबार १७:५८
देउखुरी (दाङ्) :  लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी शहर निर्माण बारे हालसम्म भएका प्रगती र भावि योजनाको बारेमा सरोकारवाला पक्षसंग सोमवार छलफल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले संस्थापक मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश सरकारका मन्त्री, संसदीय दलका प्रतिनिधि, प्रदेश सभा सदस्यहरुको बिशेष उपस्थितीमा राजधानी शहर निर्माण […]

सम्बन्धित