बिदेशमा रहेका पार्टी नेताका छोराछोरीलाई पार्टी काममा लगाउन एमाले महासचिव पोखरेलको निर्देशन

सदरलाइन संवाददाता ६ आश्विन २०८१, आईतवार १४:०४
 

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् ।

गृहजिल्ला दाङको तुलसीपुरमा आइतबा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन ।


उनले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने तथ्यप्रति सचेतसमेत गराए । ‘नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन । विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस,’ महासचिव पोखरेलले भने ।

विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताए ।

एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाई जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने जानकारी पनि गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

६ आश्विन २०८१, आईतवार १४:०४
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ परेका छन् । प्रसाईलाई आइतबार दिउँसो भक्तपुर उनकै निवासबाट पक्राउ गरिएको हो । साइबर ब्यूरोमा परेको उजूरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जी लिएर गएको प्रहरीले उनलाई निवासबाटै पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका जानकारी दिए । प्रसाई विरुद्ध विद्युत्तीय […]