२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बाँकेंमा होटल व्यवसायी पूरीको अध्यक्षतामा बझांँगी समाज गठन



नेपालगञ्ज  : बझाङ्गबाट बसाई सराई गरी विभिन्न पेशामा आबद्ध भएका वा स्थायी रुपमा बाँकेमा बसोबास गर्दै आएका बझाङ्गीहरुको भेलाले बझाङ्गी समाजको गठन गरेका छन ।

नेपालगञ्जको धम्बोझीमा रहेको होटल पिस प्लाजामा आयोजना गरिएको भेलाले बिरेन्द्र भन्डारी (टाईगर) को अध्यक्षतामा भएको सो भेलामा करिव साठी जना उपस्थिति रहेका थिए ।

सो भेलाले होटल व्यवसायी समेत रहेका नारद पुरी अध्यक्षतामा बझाङ्गी समाज बाँकेको गठन गरिएको हो । यसैगरी समाजको उपाध्यक्ष उमा केसी, सचिब दिपक बहादुर. सिह, सह–सचिबमा बिनोदबहादुर खड्का चयन भएका छन् ।

सो भेलाले समाजको सल्लाहकारका साथै पांँच जना कार्यसमिति सदस्य चयन गरिएको कलकबहादुर रोकायले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार
ताजा समाचार