२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते शनिवार



 

नेपालगञ्ज :  नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै यही असोज १२ गते शनिवार महासंघको सबै तहको निर्वाचन हुने जानकारी दिएका छन् ।

यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोके पनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टको विज्ञप्तीमा भनिएको छ ।

महासंघले शुक्रबार नै सरोकारवाला सबैको सहमतिमा मतदाता सूची निर्वाचन समितिलाई बुझाएको छ । सो सूची अनुासर भदौ २९ गते शनिवार मतदाता सूची र शनिबार नै निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।

कार्यवाहक अध्यक्ष विष्टले निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षलाई आव्हान पनि गरेका छन् ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार
ताजा समाचार