पूर्व मुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

सदरलाइन संवाददाता २३ भाद्र २०८१, आईतवार १९:२३
 

दाङ  : लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन ।

मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको बरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले भदौ २० गते बिहिवार मुख्यमन्त्री कार्यालयमा चालक मार्फत पूर्व मुख्यमन्त्री केसीले गाडी फिर्ता गरेको जानकारी दिए ।

भदौ ६ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले फजुल खर्च घटाउने योजना बनाए अनुसार पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा फिर्ता लिने निर्णयमा पुगिएको बताएका थिए ।


वि.सं. २०७९ भदौ ३१ गते बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले पूर्व विशिष्ट पदाधिकारीका लागि सेवासुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । यो निर्णयका आधारमा पूर्व मुख्यमन्त्री तथा सभामुखले सेवा सुविधा लिदै आएका थिए ।

पूर्व बिशिष्ट व्यक्तिले गाडी, इन्धन, मर्मत, चालक, पिएसओको सुविधा पाउने गरेका थिए । आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउनको लागि पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिदै आएको सेवा सुविधा फिर्ता गर्ने निर्णय वर्तमान प्रदेश सरकारले गरेको हो ।

पहिलो प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले पनि पूर्व बिशिष्ट व्यक्तिलाई दिदै आएको सेवा सुविधा अन्तरगत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । पूर्व सभामुख घर्तिले प्रदेश सभाका सचिव दुर्लभकुमार पुनलाई आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने बारेमा जानकारी गराएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेशको समग्र विकास, पर्यटन आधार स्तम्भः मुख्यमन्त्री आचार्य

२३ भाद्र २०८१, आईतवार १९:२३
  अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको समग्र विकासका लागि पर्यटन क्षेत्र आधार स्तम्भको रुपमा रहेको भएको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्रबाट लुम्बिनीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योग्दान पु¥याउनेगरी बृहत योजना निर्माणको चरणमा रहेको जानकारी दिए […]