जेष्ठ पत्रकार सम्मानबृत्तिबाट बाँकेका चार पत्रकार सम्मानित

३ भाद्र २०७३, शुक्रबार १३:३७
 

14068277_1263232637021911_7944681384792632702_nसदरलाइनडटकम
३ भदौ, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका ४जना जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार सम्मानबृत्तिले सम्मान गरिएको छ ।
महासंघ केन्द्रीय कार्यक्रम अनुसार पत्रकारिता क्षेत्रमा ३० वर्ष काम गरेको र ६५ वर्ष उमेर पुरा गरि सकेकाहरुलाई थप उर्जा प्रदान गर्ने उद्येश्यले नेपाल पत्रकार महासंघले शुरु गरेको जेष्ठ पत्रकार सेवावृत्ति एवं सम्मान काठमाण्डौ पछि बाँकेमा सुरु गरिएको हो ।
जेष्ठ पत्रकार सम्मान तथा अन्तरक्रिया कार्यक्रममा जेष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, गणेश जिसि, बासुदेव श्रेष्ठ र रामगोपाल वैश्यलाई दरले वार्षिक जनहि १२/१२ हजारको चेकसहित सम्मान गरियो ।
यस्तै गत वर्ष बैशाख १२ मा आएको माहाविनासकारी भुकम्पमा परि ज्यान गुमाएका नेपालगन्जका सञ्चार उद्यमी अच्युत सुवेदीका धर्मपत्नीलाई ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले जेष्ठ पत्रकारको सेवा वृति लगायत सस्थागत विकासका लागि योजनावद्ध कार्यक्रम र अभियान शुरु गरिएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सुर्यमणी गौतमले सम्मान कार्यले आगामी दिनमा नयाँ पुस्तालाई थप उर्जा र हौसला मिल्ने विश्वास व्यक्त गरे ।
पत्रकार महासंघका लेखासमिति संयोजक दिपक पाण्डले पत्रकार महासंघ पारदर्शी र संस्थागत हुन जरुरी रहेको औल्याए । सम्मानीत जेष्ठ पत्रकारले कामको अनुभवलाई गरिएको कदरले थप जिम्मेवारवोध गराएको भन्दै धन्यवाद दिएका थिए ।
पत्रकार महासंघका केन्द्रीय पदाधीकारीलाई टोपी र गम्छा ओढाएर सम्मान गरिएको थियो । शाखाका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैर, पुर्व उपसभापति हेमन्त कर्माचार्य पूर्व अध्यक्ष निरज गौतमलगायत शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाँउ पस्यो नन्दलालको समावेशी प्यानल

३ भाद्र २०७३, शुक्रबार १३:३७
सदरलाइनडटकम ३ भदौ, नेपालगन्ज : नन्दलाल बैश्य नेतृत्वको समावेशी प्यानलले शुक्रबार जिल्लाका विकट क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेको छ । मधेशी समुदायबाट अध्यक्ष पदका दावेदार मानिएका बैश्य लगाएतका समावेशी प्यालनका सम्पूर्ण उम्मेदवारहरुले शुक्रबार बनकटुवा,शम्शेरगञ्ज, चिसापानी, खासकुस्मा लगाएतका क्षेत्रका मतदाताहरुस“ग भेटघाट गरेको उनको सचिवालयले जनाएको छ । ग्रामीण भेगमा समेत बैश्य प्यानलको पक्षमा […]

सम्बन्धित