काँग्रेसका चार मन्त्रीले सपथसंगै कर्णाली प्रदेश सरकारले पूर्णता पायो

सदरलाइन संवाददाता २० श्रावण २०८१, आईतवार १६:२७
 

सुर्खेत : काँग्रेसका चार मन्त्रीले सपथ लिए संगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्मन्त्री यामलाल कँडेलको सिफारिसमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट चार जना मन्त्रीले शपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको हो ।

आज प्रदेश प्रमुखको कार्यालयमा राखिएको कार्यक्रममा काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाले मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका छन ।


नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १७२ बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राविधिक टोली लिएर अर्थमन्त्रीसहित काठमाडौं–निजगढ फाष्ट ट्रयाक निरीक्षणमा प्रधानमन्त्री ओली

२० श्रावण २०८१, आईतवार १६:२७
काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल, मुख्य सल्लाहकार बिष्णु रिमालसहितको सरकारी टोली लिएर तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका विभिन्न क्षेत्रको निरीक्षण गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको सो सडकका विभिन्न भागको प्रधानमन्त्रीसहितको टोलीले आज स्थलगत निरीक्षण गरेका हुन ।  प्रधानमन्त्रीले निजगढ–काठमाडौंतर्फको लेनडाँडा सुरुङमार्गको लेनडाँडा इलाकामा […]