सदरलाइनडटकम
१ भदौ, नेपालगन्ज : यस वर्षको बास ब्राईटल्याण्ड युवा पुरस्कार २०१६ मुस्लिम युवा सबनम परबिनलाई प्रदान गरिएको छ । अन्तराष्ट्रिय युवा दिवस २०१६ को अवसरमा उनलाई मुस्लिम परिवारमा जन्मीई मुस्लिम समुदायको उत्थान तथा युवाहरुको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा चर्चीत म्याराथुन धावक बैकुण्ठ मानन्धर, ब्राईटल्याण्ड स्कुल नेपालगन्जमा प्रिन्सिपल बिजय लामा लगायतका अतिथिहरुले सम्मान पत्र, ट्रफी तथा नगदसहित सम्मान गरेका थिए । बासका कार्यकारी निर्देशक तथा कार्यक्रमका संचालन नमस्कार शाहले बास ब्राईटल्याण्ड युवा पुरुस्कार २०१६ बिजेता परबिनको नाम घोषणा गरे सँगै कार्यक्रममा सहभागी १५० बढीले तालि बजाएर परबिनलाई सम्मान गरेका थिए ।
पुरस्कार ग्रहणपछि प्रतिकृया मन्तब्य राख्दै सबनमले एक दशकदेखि निरन्तर सामाजिक अभियानमा लाग्दा पहिलो पटक यति ठूलो सम्मान पाएकोमा निकै उत्साहित भएको बताईन् ।
मुस्लिम समुदायमा छोरीलाई पढाउनु हुदैन भन्ने अन्धविश्वास अझै पनि कायम रहेको भन्दै आफु त्यसका बिरुद्ध क्रियाशिल रहेको बताईन् । निकै संघर्षका बाबजुत धार्मिक शिक्षा सँगै बिद्यालयको शिक्षा समेत आफुले पढ्न पाउदा यहाँसम्म आईपुगेको उनको भनाई रहेको थियो । सम्मानले आफ्नो कार्यलाई थप सशक्त बनाउन होसला थपेको भन्दै आगामी दिनमा पनि सामाजिक विकास र कुरिती अन्त्यमा समर्पित हुने बताईन् ।
यसैगरी बास ब्राईटल्याण्ड युवा पुरस्कार २०१६ तथा ईन्स्पाईरिङ्ग युथ कार्यक्रमका प्रमुख अतिथि तथा चर्चीत म्याराथुन धावक बैकुण्ठ मानन्धरले झण्डै ४५ मिनेट कार्यक्रममा सहभागीहरुका बिच उत्प्रेरणा मन्तब्य राखेका थिए । धेरैको आकर्षणको रुपमा रहेका मानन्धरले आफ्नो विगतको सम्झना मन्तब्य मार्फत ब्यक्त गर्दा उनको संघर्षलाई सहभागीहरुले तालिले सम्मान गरेका थिए । उनले खेल क्षेत्र शुरुवात, विदेशको अनुभव सँगै समग्र खेल जिवनको बारेमा जानकारी गराएका थिए । युवाले चाहेपछि सबै कुरा सम्भव हुने भन्दै उनले काम गर्न कहिले पनि पछि नहट्न अनुरोध गरेका थिए । यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि तथा ब्राईटल्याण्ड स्कुलका प्रिन्सीपल बिजय लामाले मुस्लिम समुदायमा जन्मिएपनि समाज परिवर्तमा उल्लेखनिय योगदान पु¥याउने सबनमलाई बधाई ज्ञापन गर्दै युवाहरुले चाहेमा सामाजिक रुपान्तरहुने बताए ।
कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली, जिल्ला युवा समिति बाकेका अध्यक्ष कमल बस्नेत, बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राई, सेभ द चिल्डेन नेपालगन्जका प्रमुख बिरेन्द्र ठगुन्ना, स्थानीय शान्ति समिति बाँकेका संयोजक तेज बिक्रम शाह लगायतले मन्तब्य राखेका थिए ।