२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

सौर्य एयरको जाहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु एक घाइते



काठमाडौं :  सौर्य एयरलाइन्सको ९ एन–एएमई जाहाज बुधबार बिहान काठमाण्डौबाट पोखराका लागि उडानगर्ने क्रममा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।

९एन–एएमई जहाजमा १९ जना सवार थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो जाहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । सो जाहाजमा भएका व्यक्तिको बारेमा जानकारी आएको छैन । प्राविधिक टोलीमात्र रहेको बताईएको छ । फोटो  :अनलाइनअबरबाट

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार
ताजा समाचार