काठमाडौँ : सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गरेका छन । उनले नयाँ सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसामु शपथ लिए लगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन ।
नेकपा (एमाले) का नेता गुरुङ लमजुङबाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन । उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री समेत हुन ।
गुरुङले गत आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङलाई पराजित गरेका थिए ।