काठमाडौँ : मंगलबार आज बोलाईएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि सरेको छ ।
सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।
उनले सो बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र नयाँ सरकार गठनको तयारीबारे छलफल हुने जानकारी दिए ।