एमालेले छोडेका सबै मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा

सदरलाइन संवाददाता २१ असार २०८१, बिहीबार १६:०८
 

काठमाडौं :  नयाँसत्ता समिकरण बनेसंगै नेकपा एमाले सरकारबाट बाहिरिएपछि एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएका छन् ।

एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।


बुधबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले राजीनामा दिएका थिए ।

त्यस्तै उद्योग मन्त्री दामोदर भण्डारी, महिला तथा बालबालिका मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षा मन्त्री हरि उप्रेतीले सामूहिक राजीनामा बुझाएका थिए ।

बुधबार साँझ नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अल्पमतमा परेको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न एमालेको आग्रह

२१ असार २०८१, बिहीबार १६:०८
काठमाडौं :  नेकपा एमालले सरकारलाई दिएको समर्थन फिर्ता गरेसंगै प्रचण्ड नेतृत्वका वर्तमान सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिन र कुनै पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेको छ । संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली काङ्ग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी […]

सम्बन्धित