गुट र तिक्तता बोकेर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

सदरलाइन संवाददाता २२ बैशाख २०८१, शनिबार २१:१७
 

 

कोहलपुरं (बाँके)  :  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गुट र तिक्तता बोकेर सधैं हिडिराख्नु पार्टी र मुलुकको लागि राम्रो नहुने बताएका छन । बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं– १ ( प्रदेश सभा १ क, १ ख) को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन ।

नेता डा.कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए । उनले निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे ।

उनले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताए ।

२०६४ को संविधानसभा पछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो ।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए ।


‘हामीले गृहमन्त्रीको राजिनामा मागेका होइनौं, संसदिय छानबिन बनाऔं सहकारी ठगिमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहि रहनु हुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ?,’ डा. कोइरालाले प्रश्न गरे ।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए । पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्ने बताए ।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिश्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै नेता कोइराला भने, ‘तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधै हिडिराख्नु राम्रो होइन ।’

क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहमहामन्त्री किशोर ंिसह राठौर, केन्द्रीय सदस्य दिपक गिरिलगायतका नेताहरुले पार्टीभित्र एकता कायम हुनुपर्ने कुरामा जोड दिएका थिए । सो अवसरमा पार्टीमा योगदान दिने चारदर्जनबढीलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा अबैध भन्सार छलीकोे सामान नियन्त्रणमा

२२ बैशाख २०८१, शनिबार २१:१७
नेपालगञ्ज :  बाँके प्रहरीले भन्सार छलेर भित्र्याईएको विभिन्न सामान लिएर आउने ३ जना सहित दुई मोटरसाईकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बैशाख २२ र २३ गते भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पिय पदार्थ, स्टेवलाईजरकोे सामान, […]

सम्बन्धित