इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता

सदरलाइन संवाददाता १६ बैशाख २०८१, आईतवार १९:३८
 

काठमाडौं :  इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङलृ दुई हजार ५ सय ४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का ३ सय ४५ मत भन्दा बढीले पछाडि परेका छन् । उनले दुई हजार १ सय ९७ मत पाएका छन् ।


त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५ सय ९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ सय ७९ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका विभिन्न नाकाबाट एकैदिन ६ लाख बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

१६ बैशाख २०८१, आईतवार १९:३८
नेपालगञ्ज : भन्सार छलेर ल्याईएका विभिन्न सामान सशस्त्र प्रहरीले बाँकेमा एकैदिन ६ लाख बढी मूल्य बराबरको अवैध रुपमा भन्सार छलीको सामान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको टोलीले बाँकेका विभिन्न स्थानबाट करिब ६ लाख २४ हजार ३ सय ४० रुपैया वरावरको सामान […]