लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

सदरलाइन संवाददाता ३० चैत्र २०८०, शुक्रबार १५:२४
 

दाङ्ग :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।


सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उनने भने, ‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’ छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिख समुदायद्वारा राञ्यले नै आफुहरुमाथि बिभेद गरेको गुनासो

३० चैत्र २०८०, शुक्रबार १५:२४
नेपालगञ्ज : सबै समुदायको आस्थालाई समान सम्मानका साथ आत्मसाथ गर्न सकेमात्र समाजमा सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । नयाँ वर्ष २०८१ साल तथा खालसा साजना दिवसको अर्थात शिख धर्मको ३२५ औ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा अवरमा आयोजित कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन […]