२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

डेक नेपालमा पुनः बुढा



IMG_8464 copy

  सदरलाइनडटकम,
२२ साउन, नेपालगन्ज: ‘जहाँ हुन्छ अपाङगताको स्विकार्यता, त्यहाँ हुन्छ समाजको सभ्यता’ भन्ने मुल नाराका साथ अपाङगता शसक्तिकरण एंव संचार केन्द्र ‘डेक नेपाल’को नवौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार नेपालगन्जमा सम्पन्न गरिएको छ ।
नेपाल सरकार तथा समाज कल्याण मन्त्रालयका सहसचिव शंकर पाठकको प्रमुख आथित्यमा सम्पन्न वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले मनबहादुर बुढाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सो कार्यसमितिको उपाध्यक्षमा दिलमाया थापा, सचिवमा गोपिलाल थारु, सह–सचिवमा हरिकला थापा, कोषाध्यक्षमा ललित कडायत र सदस्यहरुमा गोकर्ण आचार्य, मो. एैयुव सिद्दिकी चयन भएका छन् । कार्यसमितिले पछि दुईजना मनोनित गर्ने प्रावधान रहेको सिता बोहराले जानकारी दिईन ।
कार्यक्रममा, एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, नेमकिपाका मो रसिद सिद्दिकी, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय संयोजक मुरारी खरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी भिमकिरण बोगटी, जिविस बाँकेका योजना तथा भौतिक पुर्वधार अधिकृत भरत मल्ल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, गैसस महासंघ बाँकेका नमस्कार शाह,जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
डेक नेपालका निर्देशक देविदत्त आचार्यले प्रस्तुत गरेको कार्यक्रमको प्रतिवेदन पारित गरीएको थियो । नवौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा नेपालगन्जको धम्बोझी चोकदेखि निकालिएको ¥याली विपी चोक हुदै कार्यक्रम स्थलसम्म पुगी कोणसभामा परिणत भएको थियो ।

IMG_8451 copy

प्रकाशित मिति : २०७३ साउन २२ गते शनिबार
ताजा समाचार