बसको ठक्करबाट नेपालगञ्जमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २२ फाल्गुन २०८०, मंगलवार १४:०७
 

नेपालगञ्ज : बाँकेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नेपालगञ्जको कारकाँदोस्थित होटेल सिद्धार्थ भ्यु नजिकै सुर्खेतरोडमा सोमवार राती पौने १० बजे भारतको दिल्लीबाट दाङ जाँदै गरेको लु.२ ख. २१४२ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकलमा सवार भारत बहराइचका ३० वर्षीय अनिल कुमार गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।


कुमारको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा मंगलवार विहान मृत्यु भएको हो । मोटरसाइकललाई बसले बाटो काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । चालक प्रहरीको नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैंगिक समानता र सामाजिक समावेशीकरणबारे छलफल

२२ फाल्गुन २०८०, मंगलवार १४:०७
नेपालगञ्ज : नेपालगञ्जका जनप्रतिनिधि र कर्मचारीसंग वासका क्षेत्रमा ‘लैंगिक समानता र सामाजिक समावेशीकरण’का विषयमा छलफल गरिएको छ । एसएनभी नेपालको आयोजनामा भएको कार्यक्रममा खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण सुनिश्चितताका लागि सबैको पहल, चासो र पैरवीमा जोड दिइएको छ । लैंगिकमैत्री अवस्था सिर्जना गर्न समानताको व्यवहारले […]