नेपालगञ्जको एक पसलमा आगलागी हुँदा डेढ करोड बढीको क्षति

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १५:२६
 

नेपालगञ्ज : नेपालगञ्जमा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । आगलागीबाट डेढ करोड बढीको क्षती भएको अनुमान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलस्थित न्यू माया इलेक्ट्रोनिक्स पसलमा मंगलवार राती करिब साढे १२ बजेतिर आगलागी हुँदा सम्पूर्ण इलेक्ट्रोनिक्स समानहरु पूर्णरुपमा जलेर नष्ट भएको नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य शिवप्रसाद दाहालले बताए ।


दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रण आएको थियो । विद्युत सट भएर आगलागी भएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा सहकारी नेतृत्व सम्बन्धि कार्यशाला शुरु

१६ फाल्गुन २०८०, बुधबार १५:२६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्र भित्रका सहकारीका लागि सहकारी नेतृत्व तथा व्यवस्थापन विकास सम्बन्धि तीन दिने तालिम शुरु भएको छ । सहकारी संस्थाका व्यवस्थापक तथा सञ्चालकका लागि तालिम आयोजना गरिएको हो । तीन दिने कार्यशालाको नेपालगञ्ज उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले उदघाटन गरे । उदघाटन कार्यक्रममा नेतृत्व […]