२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

सेनाको हेलिकप्टरले सुत्केरीको उद्दार, आमा र बच्चा सुरक्षित



सदरलाइनडटकम
१२ साउन, नेपालगन्ज : नेपाली सेनाको हेलीकप्टरले प्रसव व्यथा लागेर जटिल अवस्थामा पुगेकी बाँके गंगापुर–३ सोनवर्षाकी एक महिलालाई उद्दार गरी आमा र बच्चाको ज्यान जोगाउन सफल भएDSC02680 copyको छ ।
सोनवर्षाकी शान्तिदेवि लोहारलाई नेपाली सेनाको एमआई ७ भि ५ हेलिकप्टरले गंगापुर स्वास्थ्य चौकीबाट उद्दार गरी नेपालगन्ज पु¥याएको थियो । उद्दारको लागि नेपाली सेनाको नं.४ बाहिनीका बाहिनीपति सहायक रथी नवजीव शम्शेर जवरा, रुद्रध्वज गणका गणपती प्रमुख सेनानी अशोक चन्दको टोली त्यहाँ पुगेको थियो ।
प्रसुती व्यथा लागेर स्वास्थ्यकेन्द्र पुगेकी उनी जटिल अवस्थामा रहेको वेला नेपालगन्ज जानको लागि स्वास्थ्यकेन्द्रले रिफर गरेपनि राप्तीमा आएको बाढीका कारण आउन सक्ने अवस्था नभएको जानकारी पाए लगत्तै आफ्नो टोलीले पीडितलाई उद्दार गरी भेरी अञ्चल अस्पताल पु¥याएको रुद्रध्वज गणका गणपति अशोक चन्दले जानकारी दिए ।
अस्पताल पुग्ने वित्तिकै शान्तिदेविले स्वस्थ छोरा जन्माएकी छन् । आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ । बुधबार बिहान बाहिनीपति जवराले आमा र बच्चा दुबैलाई अस्पतालमा भेटेर उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुको साथै तागतिलो खानाको लागि सहयोग समेत गरेका छन् । सेनाको हेलिकप्टरले शान्तिदेविलाई उद्दार गरेर नेपालगन्ज नपु¥याएको भए उनको र बच्चाको अवस्था जटिल रहेको र हेलिकप्टर बाहेक अन्य माध्यमबाट उनलाई अस्पताल पु¥याउन अत्यन्तै कठिन थियो ।

प्रकाशित मिति : २०७३ साउन १२ गते बुधबार
ताजा समाचार