आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शीनको तयारी पुरा

सदरलाइन संवाददाता २३ पुष २०८०, सोमबार १८:२७
 

नेपालगञ्ज : पश्चिम नेपालका आम महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको आठौं संस्करणको तयारी पुरा भएको छ ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले प्रदर्शनीको तयारी पुरा भएको जनाएको छ । आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले सम्पुर्ण तयारी पुरा भएको जानकारी गराए ।

नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान लगायतको सहभागिता रहनेछ ।

मंगलबार दिउँसो ११ बजे हुने उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपुर्ण योगदान गर्नुभएकोमा अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदेशले हरेक वर्ष नयाँ उचाई हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुको रहेको सीप, क्षमता र शंक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताइन् । स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रर्दशनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताइन् ।

पुष २४ देखि २८ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शनको आयोजना हुनेछ । यस पटक हाम्रो प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् ।


प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमले संचालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यन्न तथा परिकार, हस्तकलाका सामाग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्ट प्रवद्र्धन स्टल लगायतका सामाग्रीहरुका स्टल प्रदर्शनीमा रहनेछन् ।

नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगर्डको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा हुन लागेको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई विगत भन्दा अझ सफल र भव्य बनाउने तयारी गरिरहेको अध्यक्ष बस्नेतले बताइन् ।

यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा रहनेछन् । प्रदर्शनी कार्यक्रमका दौरान हामीले महिला उद्यमीहरुको समस्या र नयाँ सम्भावनाको खोजि गर्ने पनि प्रयास गर्ने आयोजकले बताएको छ ।

प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । पुष २६ गते महिला उद्यमीहरुको समस्या र चुनौति विषयमा सरोकारवाला निकायहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम रहनेछ । प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ ।

प्रदर्शनीले महिला उद्यमीहरुको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्वपुर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपालको केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताइन् । प्रदर्शनी आर्थिक रुपमा प्रभावकारी बन्दै गएको प्रदर्शनीको आर्थिक संयोजक शसी स्वाँरले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा सिकलसेल रोगीहरुको वीमा कार्यक्रम हुने

२३ पुष २०८०, सोमबार १८:२७
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल रोगीहरुको वीमा कार्यक्रम सुरु हुने भएको छ । लुम्विनी प्रदेश सरकारले वंशाणुगत सिकलसेल एनिमियाका बिरामीका लागि चालू आर्थिक वर्षदेखि वीमा कार्यक्रम सुरु गर्ने योजना अनुसार राप्तीसोनारीका रोगीहरुको पनि वीमा हुने भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार राप्तीसोनारीमा […]

सम्बन्धित