दोषीमाथि कारबाही गर्न नेपालगञ्जमा प्रर्दशन

सदरलाइन संवाददाता १९ पुष २०८०, बिहीबार १५:०६
 

नेपालगञ्ज : पीडित पक्षले सडकमा टायर बालेर प्रर्दशन गरेपछि नेपालगन्ज–कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । चालकलाई कारबाही र घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् ।

कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना कार्यालय नजिक सु.प्र.प्र. ०१–००१ प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिदाँ अंग्रेजी नयाँ वर्ष मनाएर फर्किदै गरेका २२ वर्षिया आस्था शाह र मायाराम चौधरीको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी अर्की २४ वर्षीया साहना शाह पनि घाइते भएकी थिइन् । आफन्तका अनुसार कैलाली निवासी आस्था नेपालगन्जमा बस्दै आएकी थिइन्, भने मायाराम होटल सिद्धार्थमा कार्यरत थिए ।


दुर्घटना भएको तीन दिन बितिसक्दा पनि बाँके प्रहरी, प्रशासनले घटनाको वास्तविकता लुकाएर दोषीलाई बचाउन खोजेको भन्दै मृतकका परिवार तथा आफन्तले दुर्घटना भएको स्थलमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् । बिहान करिव साढे ११ बजेतिर अवरुद्ध भएको सडक अहिलेसम्म खुलेको छैन ।

अवरुद्ध सडक खुलाउने विषयमा पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) नारायण डाँगीले बताएका छन् । ‘दुर्घटनाबारे हामीले पीडित पक्षलाई सबै कुरा जानकारी गराएका छौं, हामी कानुन बमोजिम नै अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
प्रहरीले बैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन पठाइरहेको छ । घटनाका प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरेका चालकसहित स्कारपियोमा अन्य युवा र युवती पनि सवार थिए । ति युवती युवती को हुन् भन्नेबारे अहिलेसम्म पत्ता लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘राष्ट्रिय ईस्युलाई साझा ईस्युका रुपमा लिइने’

१९ पुष २०८०, बिहीबार १५:०६
कोहलपुर (बाँके) : कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्यहरुले आफुहरु फरक पार्टिबाट प्रतिनिधित्व गरेको भएपनि राष्ट्रिय ईस्युलाई साझा ईस्युका रुपमा लिंदै नेपाली नागरिकहरुको आधारभुत अधिकारका निम्ति सरकारलाई दवाफ सिर्जना गर्दै आएको बताएका छन । प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी […]