कैदीलाई स्वरोजगारबारे उत्प्रेरणात्मक प्रशिक्षण

सदरलाइन संवाददाता १८ पुष २०८०, बुधबार १८:२९
 

नेपालगञ्ज : जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरुलाई उत्प्रेरणात्मक सेवा प्रदान गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जले निःशुल्क कानुनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, सिप तथा उद्यमशिलता, उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइरहेको छ ।

यसैक्रममा त्यहाँ रहेका कैदी बन्दीलाई सिपमुलक स्वरोजगार, आय आर्जन र व्यवसायका बारेमा परामर्श दिइएको छ । नेपालगञ्जको सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले सिपमुलक व्यवसाय र स्वरोजगारी लगायतका विषयमा जानकारी दिए ।

उनले कैदीबन्दीलाई तनावको व्यवस्थापन, तथा रोजगारीको सम्भवना लगायतका विषयमा थुप्रै सम्भावना र दिर्घकालिन सफलता प्राप्त गर्ने आधारका बारेमा प्रशिक्षण दिएका थिए । प्रबन्ध निर्देशक शर्माले व्यवसाय संचालन गर्दाको फाईदा, बेफाइदा, संर्घष लगायतका बारेमा अनुभव आदान प्रदान गरे ।


सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशीका अनुसार कारागारका कैदी बन्दीलाई नियमित रुपमा मनोसामाजिक परामर्श सेवा दिइदै आएको बताए ।

उनका अनुसार कारागारका कैदीवन्दीलाई निशुल्क कानूनी परामर्श, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन, उद्यमशिलता, उत्प्रेरणा, मनोसामाजिक परामर्श, प्रशिक्षण कार्यक्रम गरिएको छ । त्यस अवसरमा ईश्वरीय विश्वविद्यालयका दिदीले तनाव व्यवस्थापनका बारेमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीको सार्वजनिक सुनुवाइमा ६ बुँदे प्रतिबद्धता

१८ पुष २०८०, बुधबार १८:२९
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाको आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रममा ६ वटा प्रतिबद्धता गरिएको छ । जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता विषयमा गरिएको सार्वजनिक सुनुवाइमा सरोकारवाला र सहभागीहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । घोषणा गरिएका प्रतिबद्धतामा गाउँपालिकाभित्र सञ्चालित सडक योजनामा नाला निर्माण नहुँदा डुबानको समस्या […]