जोखिमपूर्ण यात्रामा जाने ५०९ जना नेपालगञ्ज नाकाबाट फिर्ता

सदरलाइन संवाददाता १५ पुष २०८०, आईतवार १५:३७
 

नेपालगञ्ज : माइती नेपाल, नेपालगञ्जले भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५०९ जनालाई नाकाबाट फिर्ता पठाएको छ । एक वर्ष (२०२३)को अवधिमा माइती नेपालले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान थालेका ५०९ जना महिला तथा बालबालिकालाई नाकाबाट फिर्ता पठाएको हो ।

माइती नेपालले आइतवार नेपालगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रामा निस्केका र नाकाबाट फिर्ता पठाइएका ५०९ जनामध्ये १८ वर्षमुनिका बालिका १८२ जना रहेको जानकारी दिए ।

जोखिमपूर्ण यात्राबाट घर फिर्ता पठाइएकामा बाँकेका ८२ जना, बर्दियाका ५३ जना, सुर्खेतका ६० जना, दाङका ५५ जना, सल्यानका ३६ जना, दैलेखका ३० जना, जाजरकोटका २७ जना, रुकुमका २० जना, रोल्पाका १९ जना, कैलालीका १६ जना, जुम्लाका १४ जना रहेका छन् ।


यो नाकाबाट पूर्वी जिल्लाका महिला तथा बालबालिकालाई समेत भारत तथा तेस्रो मुलुकमा लैजाने गरिन्छ । जसमा चितवनका ७ जना, सिन्धुपाल्चोकका ३ जना, मकवानपुरका ५ जना, सिन्धुलीका २ जना, तनहुँका एक जना, अर्घाखाँचीका एक जना, ताप्लेजुङका २ जना, धादिङका ८ जना, इलामका एक जना, सुनसरीका २ जना, गुल्मी र स्याङ्जाका एक/एक जनालाई फिर्ता पठाइएको छ ।

माइती नेपाल, नेपालगञ्जमा यो वर्ष ६ सय ६२ वटा खोजतलास तथा उद्धारका लागि निवेदन परेको छ । त्यसमा २ सय ७८ जना फेला परेका छन् । खोजतलासको निवेदनमा २ सय ८४ जना १८ वर्षमुनिका बालिका रहेका छन् ।

संयोजक कोइरालाले सामाजिक सञ्जालको दुरुपयोग गरेर महिला तथा बालबालिका जोमिखपूर्ण यात्रामा निस्किने घटना बढेको बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि स्कूल र कलेज तथा जोखिमपूर्ण यात्रामा बढी निस्केका गाउँटोलमा गएर सचेतनामूलक कार्यक्रमहरु गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

१५ पुष २०८०, आईतवार १५:३७
नेपालगञ्ज : बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो अत्यधिक बढ्दै गएको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित हुँदै गएको छ भने अर्कोतिर यहाँबाट सङ्घीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने हवाई उडानहरु प्रभावित भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण […]

सम्बन्धित