बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

सदरलाइन संवाददाता १२ पुष २०८०, बिहीबार १४:५३
 

नेपालगञ्ज : बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै बिहीवार उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ ।


खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले सकेट फेला पारेको हो । नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्वारा बाँकेका ७१ सीमास्तम्भको मर्मत

१२ पुष २०८०, बिहीबार १४:५३
नेपालगञ्ज : नेपाल–भारत सीमा अन्तर्गत बाँके जिल्ला क्षेत्रमा पर्ने ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन कार्य सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमास्तम्भको मर्मतसम्भार तथा रङरोगन कार्य सम्पन्न भएको बताए । बाँके जिल्ला अन्तर्गत रहेका कुल ३११ सीमा स्तम्भमध्ये […]