८ महिनाअघि माओवादीबाट सिफारिस भएकी नमुना मन्त्री बन्दै

सदरलाइन संवाददाता ७ पुष २०८०, शनिबार १४:५२
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट ८ महिना पहिले मन्त्रीको सिफारिस भएकी बाँकेकी कृष्णा केसी नमुना मन्त्री बन्ने निश्चित भएको छ भने उनीसँगै मन्त्रीको लागि सिफारिस भएका रोल्पाका दिपेन्द्र पुन सिजल नेपाली कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनको निरन्तर अडानका कारणले रोकिएका छन् ।

बैशाख १४ मा माओवादीसहित ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई माओवादी केन्द्रले पूर्वसहमति अनुसार ८ महिनाअघि धनबहादुर मास्की, कृष्णा केसी नमुना र दिपेन्द्र पुन सिजललाई मन्त्री बनाउन औपचारिक पत्र थमाएको थियो ।


तर गएको निर्वाचनमा गठबन्धनमा विद्रोह गरेर मुख्यमन्त्रीको प्रमुख दावेदार रहेका कांग्रेस प्रदेश सभापति पुनलाई स्वतन्त्र उठेर हराएर पछि मन्त्री बन्ने शर्तमा माओवादीमै प्रवेश गरेर पुनलाई कुनैपनि हालतमा मन्त्री बन्न नदिन पुनले निरन्तर दवाव दिएका थिए ।

पुनले कांग्रेस माओवादीले मन्त्रालय बढाएर भागवण्डा पुराउने सहमतिलाई समेत रोकेर पुनलाई अगाडि बढ्न दिएनन् । पछिल्लो पटक माओवादी र कांग्रेसबाट एक एक जना मन्त्री थपेर जाने विषयमा सहमति भएपछि कृष्णा केसीको निश्चित भएको हो तर यही विषयमा कांग्रेसमा ठूलो खैलाबैला भएको छ । केसीलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । शुक्रबार नै मन्त्री थप्ने तयारी गरेका मुख्यमन्त्री चौधरीले पार्टीभित्रको दवावका कारण रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साना सिंचाई सुविधा पाएपछि गरिब किसान खुशी

७ पुष २०८०, शनिबार १४:५२
नेपालगञ्ज : बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको नेपाल एकीकृत विकास परियोजना २ अन्तर्गत विपन्न र गरिब किसान समुहको खाद्यान्न उत्पादन र तरकारी खेतीमा संलग्नता आयस्तर बढाउने उद्देश्यले साना सिँचाइ सुविधा प्रदान गरिएको छ । खजुरा गाउँपालिकाको वडा नं २ र ३ मा २ थान र नरैनापुर […]