भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गरिँदै

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १८:२३
 

नेपालगञ्ज : नेपालगञ्जमा भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गर्न जनस्तरमा सचेतना प्रबद्र्धन थालिएको छ । पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनः मर्मत गरी जोखिम न्यूनीकरणका लागि प्रबलीकरण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सचेतना प्रबद्र्धन थालिएको हो ।

नेपालगञ्जका पुराना संरचना भूकम्पको जोखिममा रहेको अध्ययनले देखाएपछि ती संरचनालाई बलियो र भूकम्पको जोखिमबाट जोगाउन प्रबलीकरणका लागि स्थानीयलाई अभिप्रेरित गर्न सुरु गरिएको हो ।

नेपालगञ्जको वडा नम्बर ३ स्थित इस्लामिक चिल्ड्रेन स्कूललाई नमुनाको रुपमा प्रबलीकरण गरिएको छ । “पुराना संरचना जो भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाको रुपमा इस्लामिक स्कुललाई रोजेका हौं,“ सिभिल इन्जिनियर नरेश निदालले भने– “पुरानो संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ पनि गर्न सकिन्छ, जसले भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ ।“


युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा सुपरले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना संरचना प्रबलीकरण, आवास बीमा, विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, सचेतना प्रबद्र्धन लगायतका काम गरिरहेको युनिसेफका प्राविधिक अधिकृत समेत रहनुभएका सिभिल इन्जिनियर निदालले बताए । सुपरले नेपालगञ्ज उपमहानगरभित्र वडा नम्बर ३ र ७ लाई मुख्य कार्य क्षेत्र बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘भन्सार कर्मचारीको मिलेमतोमा राजश्व चुहावट’

३० मंसिर २०८०, शनिबार १८:२३
नेपालगञ्ज : आयातकर्ता व्यापारी र नेपालगञ्ज भन्सार कर्मचारीको मिलेमतोमा राजश्व चुहावट हुने गरेको पाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार, भन्सारबाट पास भएका तर राजश्व चुहावटको आशंकामा बरामद गरिएको सामानको अनुसन्धान गर्दा त्यस्तो पुष्टि भएको हो । भन्सारबाट प्रज्ञापन पत्रभरी राजश्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका […]

सम्बन्धित