बर्दियामा तीन वर्षमा एकसय २२ जनाको मृत्यु

सदरलाइन संवाददाता १५ मंसिर २०८०, शुक्रबार १५:१७
 

बर्दिया : बर्दियामा सडक दुर्घटनामा परी साढे तीन बर्षको अवधीमा एकसय २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको पछिल्लो साढे तीन वर्षको तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी एकसय २२ जनाको मृत्यु भएको हो ।

आर्थिक वर्ष २०७९–८० मा मृत्यु हुनेको संख्या ३३, आर्थिक वर्ष २०७८–७९ मा मृत्यु हुनेको संख्या ४६, आर्थिक २०७७–७८ मा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३७ गरी एकसय १६ जना रहेको छ । चालु आर्थिक बर्षको मंसिर १५ गते सम्म ६ जनाको मृत्यु भएको छ ।

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये पुरुष ८७ जना, महिला २६ जना, बालक ७ जना र बालिका २ जना रहेका छन् । सोही अवधीमा घाइते हुनेहरुको संख्या चारसय ५० रहेको छ ।


सडक दुर्घटना हुनुको प्रमुख कारणको रुपमा सडकको अवस्था, सवारी साधनको अवस्था, सवारी चालकको अवस्था, सवारी साधनको गति मुख्य हुने गरेको जिल्ला ट्राफिक कार्यालयका बर्दियाका प्रमुख प्रहरी नायब निरीक्षक ओमबहादुर खड्काले बताए ।

उनले कतिपय अवस्थामा बाटो काट्ने यात्री, सडकमा रहेका छाडा पशुचौपाया, सवारीसाधन र यात्रा गर्ने यात्रुका कारण पनि सडक दुर्घटना हुने गरेको बताए ।

ट्राफिक हवलदार कृष्ण डाँगीले ट्राफिक नियमको बारेमा थाहा हुदाँहुदै पनि ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति बढ्दो रहेकाले सडक दुर्घटना बढी हुनेगरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिवंगत आमाको सम्झनामा एमाले नेतृ कोमल वली परिवारद्वारा अक्षयकोष स्थापना

१५ मंसिर २०८०, शुक्रबार १५:१७
नेपालगञ्ज : गायिका तथा एमाले केन्द्रीय सदस्य कोमल वलीको परिवारले दिवंगत आमा दीपा वलीको नाममा दाङका छात्राहरुका लागि २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दिवंगत आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको एमाले नेतृ कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ […]

सम्बन्धित