अख्तियार अनुसन्धान आयोग बाँकेमा ४४५ उजुरी

सदरलाइन संवाददाता ३० कार्तिक २०८०, बिहीबार १४:३९
 

नेपालगञ्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४४५ वटा उजुरी परेको आयोगले जनाएको छ ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका अनुसार, गत आर्थिक वर्ष २०७९/०८० मा बाँकेका विभिन्न कार्यालयमा अनियमितता भएका ४४५ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा बाँकेका ४७५ वटा उजुरी दर्ता भएका थिए ।

एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फस्र्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा वर्सेनि उजुरीको चाङ्ग थपिंदै जाने गरेको छ । अख्तियारको सम्पर्क कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७९/०८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कात्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैतमा ५०, बैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा ४७५ वटा उजुरी दर्ता भएका थिए । आयोगका अनुसार, नेपालगन्ज कार्यालयमा त्यसअघिको आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २७३ वटा उजुरी फस्र्यौट भएका थिए ।

जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आर्थिक वर्षको अन्त्यसम्म ७४८ वटा उजुरी फस्र्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फस्र्यौट गर्न सफल भएको जनाएको छ ।


आयोगको बार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका १५६ र गत आवमा परेका ३६८ गरी ५२४ वटा उजुरी फस्र्यौट भएका थिए ।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा आव २०७८/७९ को अन्त्यसम्म रहेका ७४८ उजुरीमध्ये बिस्तृत अनुसन्धानका लागि ३५ वटा उजुरी गएका छन् । १७७ वटा सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको संख्या ३६ रहेको छ ।

पछिल्लो समय अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाउन थालेपछि ‘घुस’ प्रवृत्ति कार्यालय बाहिर मौलाउन थालेको छ । घुस लिनेहरु अख्तियारको ट्रयापमा पर्न थालेपछि कार्यालय बाहिर घुस लेनदेन हुनेगरेको विगतमा अख्तियारले गरेको स्टीङ अपरेशनबाट पुष्टि हँुदैआएको छ ।

अख्तियारको निगरानीको प्रभावले कार्यालयभित्र घुस निरुत्साहित भए पनि कार्यालय बाहिर लिने प्रवृत्ति सुरु भएको र कार्यालय बाहिर पनि अख्तियारले समात्न थालेपछि बिचौलियामार्फत घुसको प्रवृत्ति बढेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा गोली हानेर फरार अभियुक्त पक्राउ

३० कार्तिक २०८०, बिहीबार १४:३९
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर […]