मोटरसाइकलको ठक्करबाट नेपालगञ्जमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २९ कार्तिक २०८०, बुधबार १४:४२
 

नेपालगञ्ज : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

नेपालगञ्जको न्यूरोडमा मंगलबार लु ७६ प ३४४१ नम्बरको मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका नेपालगञ्ज उपमहानगरपालिका –४ गणेशपुरका ७० वर्षीय गोरखबहादुर शाहीलाई ठक्कर दिँदा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

सेतु विक चोकबाट बसपार्क जाँदै गरेको १८ वर्षीय विशाल बमले चलाएको उक्त मोटरसाइकलले सडकमा पैदल हिँडिरहेका शाहीलाई ठक्कर दिएको उनले बताए ।


मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको र उपचारका क्रममा शाहीको मृत्यु भएको प्रनाउ डाँगीले जानकारी दिए ।

शाहीलाई ठक्कर दिने मोटरसाइकल र चालक बमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हजुरबुबा र नाति पुस्ता मिलेर तिहार पर्व मनाउँदै

२९ कार्तिक २०८०, बुधबार १४:४२
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँ २४ नम्बरका ईश्वर बुढाक्षेत्री उमेरले ८० वर्ष पूरा भए । सोही ठाउँका अर्पण खत्री १५ वर्षको भए । यस वर्षको तिहारमा ८० वर्षीय हजुरबुबा र पनाती नाता पर्ने अर्पणसहितको समुह मिलेर देउसी भैलो खेलिरहेको छ । कर्णाली प्रदेशका जिल्लामा प्रख्यात लहरे, सिङ्गारु, कुरकुटे, मयुर […]

सम्बन्धित