बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १४:०८
 

बर्दिया : बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । आइतवार राती दुई समूहबीच झगडा भएको थियो ।


झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चालिस किलो सुकुटीसहित चार जना पक्राउ

२७ कार्तिक २०८०, सोमबार १४:०८
नेपालगञ्ज : पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक–पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ । सो क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना […]