भुकम्पले घाइते एक जनाको भेरी अस्पतालमा मृत्यु

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १३:२१
 

नेपालगञ्ज : शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल ल्याउनेक्रममा जाजरकोट नलगाड १ पालीका ३३ बर्षीय टेकबहादुर पुनको निधन भएको हो । हेलिकप्टरबाट उपचारका लागि यहाँ ल्याइएका पुनलाई भेरी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

हाल २७ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए । उपचारका लागि शिक्षण अस्पताल र अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।


घाइतेहरु स्थलमार्गबाट आउनेहरु सिधै अस्पतालमा आउँछन् भने हेलिकप्टरमार्फत आउनेहरु राँझास्थित नेपाली सेनाको चारवाहिनीमा अवतरण भएपछि एम्बुलेन्समार्फत भेरीसम्म ल्याउने व्यवस्था गरिएको छ । त्यसका लागि ४५ बढी एम्बुलेन्सको परिचालन गरिएको छ । विरामीका लागि रगत अभाव हुन नदिन रक्तसञ्चार केन्द्रमा रक्तदान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षण अस्पताल कोहलपुरद्वारा ‘हाइ अलर्ट’ टोली परिचालन

१८ कार्तिक २०८०, शनिबार १३:२१
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्प पिडितहरुको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा परिचालन गरेको छ । अस्पतालका सूचना अधिकारी सन्जय कुमार पन्तका अनुसार डा. दिनेश श्रेष्ठको नेतृत्वमा उक्त ‘हाइ अलर्ट’ टोली परिचालन गरिएको छ । पन्तका अनुसार हाल एक सय जनाको उपचार गर्न सक्ने […]

सम्बन्धित