जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ३ कार्तिक २०८०, शुक्रबार १३:२३
 

नेपालगञ्ज : दाङको देउखुरीमा बिहीवार राती जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय सन्तराम चौधरीको ज्यान गएको हो ।

काठमाण्डौबाट सुर्खेतका लागि छुटेको बा ९ च ७१९८ नम्बरको जीपले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै ठक्कर दिएको प्रहरीले जनाएको छ ।


घाइते भएका चौधरीको सिंसहनिया स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । जीपका चालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिंसहनियाले भालुवाङ पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

३ कार्तिक २०८०, शुक्रबार १३:२३
नरैनापुर (बाँके) : हिन्दु धर्मावलम्बीको महान चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । अन्य चाडपर्वभन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको इलाका […]