१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

सदरलाइन संवाददाता ७ आश्विन २०८०, आईतवार १६:२९
 

नेपालगञ्ज : सुर्खेतमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका १९ वर्षका महेन्द्र सार्की रहेका छन् । उनीसँगै पक्राउ परेका अन्य ३ जना भने १५ र १६ वर्षका छन् । उनीहरु सबै पञ्चपुरीकै रहेका प्रहरीले जनाएको छ ।


बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी बालिकालाई ४ जनाले फरक फरक स्थानमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँका भएका कारण बलात्कारको घटना योजनाबद्ध रूपमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

४ जनालाई मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले बताए । बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पौडेल

७ आश्विन २०८०, आईतवार १६:२९
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत दिलबहादुर पौडेलको सरुवा भएको छ । मुगुको सोरु गाउँपालिकामा कार्यरत पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि आईतबारदेखि जानकी गाउँपालिकामा हाजिर भएका छन् । बाँकेको खजुरा गाउँपालिका लगायत विभिन्न स्थानीय तह र गृह मन्त्रालयमा काम गरेको अनुभव […]