सशस्त्र प्रहरीको संरक्षणमा कुखुरा तस्करी भएको भन्दै कुखुरा पालक किसान आन्दोलित

रुद्र सुवेदी २ चैत्र २०७९, बिहीबार १३:५५
 


नेपालगञ्ज : बाँकेका कुखुरा व्यवसायीहरुले प्रहरी र सशस्त्र प्रहरीको सहयोग र संरक्षणमा भारतबाट अबैध कुखुरा तस्करी बढेको आरोप लगाउदै सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् ।

बाँकेका कुखुरा पालक किसानहरुको समूहले नेपालगञ्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् । उनीहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो ।

भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाएकोले आफुहरु सडकमा कुखुरा फालेर आन्दोलनमा उत्रन बाध्य भएको जानकी गाउपालिका–१ का असगर अली कुरेशीले बताए ।

उनले भने–‘ हामीले उत्पादन गरेको कुखुराले बजार पाउदैन । कुखुराले बजार नपाउदा बैंकले पनि दिएको ऋणको पनि साँवा व्याजको किस्ता तिर्न समस्या छ । दशलाख भन्दा बढी घाटा भई सक्यो हाम्रो मर्म कस्ले बुझ्ने ?’

भारतबाट अबैधरुपमा भित्रने कुखुराको कारण बाँकेका कुखुरा पालक किसान आफ्नो उत्पादनले बजार नपाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको पोल्टी व्यवसायी मोहम्मद हुसेन खाँ बताउछन ।


उनी भन्छन–‘ सशस्त्रको स्कटीङ्गमा भारतीय तस्करहरु थुकैला र साईगाउको बाटो हुँदै मोटरसाईकलमा कुखुरा ओसार्छन । हामी व्यवसायीको सक्रियातामा तस्करलाई नियन्त्रण गरौ भन्दा हुन्छ भन्छन तर, गर्दैनन ।’

सशस्त्र प्रहरीको ३० नं. बागेश्वरी गणमा कार्यरत बरिष्ठ सशस्त्र प्रहरी हवल्दारको सक्रियतामा भारतबाट तस्करलाई संरक्षण हुँदै नेपाल भित्र्याउने गरेको व्यावसायीको आरोप छ । ती बरिष्ठ सशस्त्र प्रहरी हवल्दारको घर पनि सीमा क्षेत्रमा रहेकोले उनलाई तस्करीमा सघाउने व्यक्तिलाई ती क्षेत्रमा ड्युटी खटाउने गरेको कुखुरा पालक व्यवसायीको आरोप छ ।

कुखुरा पालक किसानको समस्या सम्बोधनका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको लाई पटकपटक ध्यानाकर्षण गराउंदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको गुनासो व्यवसायीको छ ।

व्यवसायी खाँले भारतबाट भित्रिने अबैध कुखुराका कारण नेपाली किसान पीडित बनेको बताए । भारतबाट अवैधरुपमा दिनहुँ सशस्त्र प्रहरी र नेपाल प्रहारीको मिलेमतोमा कुखुरा तस्करहरुले भारतबाट ज्युँदै कुखुरा र तयारी मासु नेपाल ल्याउने गरेका छ्न ।

जमुनाह साईगाउँ र नरैनापुर क्षेत्रबाट ठूलो मात्रामा भारतबाट अबैध कुखुरा नेपालमा आउने गरेको किसानहरुको गुनासो छ । किसानको आन्दोलनको कारण बुझ्न घटनास्थलमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मा पुगेर तस्कर रोक्न र किसानको मागको सम्बोधन तत्काल गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारले गति लिँदै

२ चैत्र २०७९, बिहीबार १३:५५
नेपालगञ्ज : निर्माण शुरु भएको लामो समयपछि कर्णालीको समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारले गति लिएको छ । आर्थिक वर्ष २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सबस्टेसनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा गरी ४५ वटा हाई टेन्सन लाइनको टावर निर्माण […]