भारतबाट ल्याइएको अवैध सामान बरामद

सदरलाइन संवाददाता १८ फाल्गुन २०७९, बिहीबार १५:५४
 

बर्दिया : भारतबाट लुकाइछिपाई ल्याएको अवैध सामान लोड गरेको गाडीसहित दुई जना पक्राउ परेका छन् । भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही ठाउँका २७ वर्षीय मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए । भारतबाट भित्र्याइएको कपडा, होलीका प्रयोजनका सामानलगायत भे १ च ३४०१ नम्बरको गाडीसहित १९ लाख ९४ हजार ६ सय ९० रुपैयाँ मूल्यको रहेको सूचना अधिकारी एवं डीएसपी बोहोराले बताए ।


भारतको सीमा नाका हुँदै गुलरिया नगरपालिका १ स्थित ग्राभेल सडकबाट आउँदै गरेको अवस्थामा जाँच गर्दा अवैध सामान फेला परेको हो । पक्राउ परेका चौधरीद्वयसहित बरामद सामग्री कारबाहीका लागि भन्सार कार्यालय गुलरिया पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कर्तव्य ज्यान मुद्दामा फरार दुई जना पक्राउ

१८ फाल्गुन २०७९, बिहीबार १५:५४
नेपालगञ्ज : कर्तव्य ज्यान मुद्दामा फरार दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ५९ वर्षीय भगवान दिन पासी र सोही ठाउँ बस्ने ७१ वर्षीय खेलावन पासीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकिएका भगवान दिन र ७ […]