२०८३ कात्तिक २३ , आइतबार
Sadarline
२०८३ कात्तिक २३ , आइतबार

बर्दियामा लागूऔषधसहित युवक पक्राउ



बर्दिया : इलाका प्रहरी कार्यालय, मथुराहरीद्वारबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका—९ खालीपुरुवाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याउन लागेको लागूऔषधसहित उनलाई सीमावर्ती गाउँमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय शहाबुद्दिन शेषलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा लागूऔषध ब्राउन सुगरजस्तो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।

उनको साथबाट १ ग्राम ६ सय ९० मिलिग्राम लागूऔषध फेला परेको उनले जनाए । माघ २९ गते शेषलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी सोमबार सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७९ फागुन १ गते सोमबार
ताजा समाचार